पछिल्ला सामग्री :
युद्धकालिन अपराधलाई अन्तरराष्ट्रिय स्तरीय अनुसार ब्यबहार गर्नु पर्ने , दमन नाथ ढुंगाना राष्ट्रिय सहजकर्ता


विजय थापा ,भर्जिनिया   /डिसी महानगर क्षेत्रको भर्जिनिया स्थित नेपाली समुदायको लोकप्रिय आर्लिंगटन पुस्तकालयमा नेपालबाट आउनु भएका मानव अधिकारबादी तथा राष्ट्रिय सहजकर्ता द्वय दमन नाथ ढुंगाना तथा पदम रतन तुलाधरसंग एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो l

छोटो समयमा आयोजना गरिएको कार्यक्रम भएता पनि लामो समय देखि मानव अधिकारबादी तथा राष्ट्रिय सहजकर्ताहरु रुपमा काम गरि रहेका पदम रत्न तुलाधर तथा दमन नाथ ढुंगानाले नेपालको समसामयिक बिषय ,मुलुक अनिर्णयको बन्दिबाट मुक्त नभएको अवस्था ,साझा सवाल तथा अनिर्णित राजनैतिक सहमतिको गाठो फुकाउन नसकिएको आदि ईत्यादी बिषयमा मन्तब्य राखेका थिए l अमेरिकामा ३० बर्ष भन्दा अगाडी देखि नै अर्थ क्षेत्रमा कार्यरत तथा अर्थविद डा सुकदेव शाहले मन्तब्य राख्दै नेपालका नेता तथा सरकारको काम कारवाहीमा आफु दुखि रहेको भन्दै नेपालको जर्जर आर्थिक अवस्था र राजनैतिक पक्षको बारेमा मन्तब्य राख्नु भएको थियो l

कार्यक्रम मन्तब्यको साथै प्रश्न उत्तरको पनि राखिएको थियो भने द्वय सहजकर्ताले राष्ट्रका धेरै गम्भीर बिषयमा जानकारी गराउदै प्रशंशा बटुल्न सफल भएका छन् l पदम रत्न तुलाधरले मन्तब्य व्यक्त गर्दै शान्ति प्रकियाको स्थापनाको लागि सन् २००१ देखि नै पटक पटक पहल गरेको र आफुलाई माओबादी भन्ने आरोप पनि लागेको कुराको चर्चा गर्नु भएको थियो भने आफु नागरिक समाजको तर्फबाट पंचायती व्यवस्थामा पनि सरकार द्वारा लगाईएको निषेध आज्ञा तोडेको जानकारी गराएका थिए l हाल शान्ति प्रकिया पूर्ण भएको भन्दै र जनताले चाहेको गणतन्त्र प्राप्ति भएकोमा यी उपलब्धिहरु हुन् भन्दै एक थोपा पनि रगत नबगी २५० बर्षको पंचायती व्यवस्था फ्यालिएको र कुनै पनि मुलुकमा यस्तो नहुने जिकिर गर्नु भएको थियो lहाल राजनैतिक दलहरु कार्यन्वयन पक्षमा गम्भीर नभएको कारण नै देशले समस्या भोगेको र साझा सवालमा विश्वास नपाएको मन्तब्य राख्नु भएको थियो l दलहरु आफु आफुमा आरोप र प्रत्यारोपमा समय खेर फ्यालेको, संबिधान सभामा छलफल नगरेको ,शान्ति मन्त्रालयको स्थापना भए पनि बैठक न्युनतम बसेको जानकारी गराउनु भएको थियो l

अर्का वक्ता तथा सहजकर्ता दमन नाथ ढुंगानाले प्रजातन्त्र रक्षाको लागि माओबादीलाई वार्तामा ल्याएको कुराको उल्लेख गर्दै राष्ट्रले दिएको जिम्मेबारमा ईमान्दारिताको साथ निर्वाह गर्दै आएको जानकारी गराउनु भयो l देशको राजनैतिक अवस्थाको बारेमा मन्तब्य राख्दै अमेरिकाको ईतिहासको उदाहरण दिदै अहिले नै निराशा हुनु पर्ने अवस्था नरहेको बताउनु हुदै समाजले परिवर्तन प्राप्त गर्न चाहने हुनाले त्यो पनि सम्भव हुने कुरामा आफु बिस्वस्त रहेको जानकारी गराउनु भएको थियो l मार्टिन लुथर र ओबामाको नाम लिदै नेपालमा पनि सहि नेतृत्वको खाचो छ भन्दै जति नै निराशाको बिचमा पनि आशा हुन्छ भन्ने कुराको उदाहरण दिएका थिए l मुलुक शान्ति प्रकियामा आई सकेको छ ,युद्ध नरोकिएको भए नेपाल श्रीलंका हुदै अफगानस्थान हुने थियो l त्यो कुरा बुझेर युद्धलाई शान्ति अनिवार्यता हुनाले शान्ति प्रकियामा अहम भूमिका निर्वाह गरेको उल्लेख गर्दै यी नै हाम्रो उपलब्धि हुन् भन्नु भएको थियो l

दमन नाथ ढुंगानाले नेपाल जनयद्धमा १० बर्ष होमिएकोले त्यस सम्बन्धमा धेरै महत्वपूर्ण कुराहरु सुनाउदै युद्धकालिन अपराधलाई अन्तरराष्ट्रिय स्तरीय अनुसार ब्यबहार गर्नु पर्ने आफ्नो चाहना र धारणा रहेकोले यसको लागि अन्तरराष्ट्रिय जनमत तैयार गर्नु पर्ने र यो बिषयलाई अभियानको रुपमा लिएर जानु पर्ने भन्दै उपस्थित सबैलाई आग्रह गर्नु भएको छ lप्रश्न राख्नेहरुमा निरन्जन अधिकारी, समाज सेवी विजय थापा ,संचारकर्मी राम हरि सुबेदी ,डा गोपी उप्रेती ,सीता पाण्डे तथा अन्य थिए l

प्रश्न कर्ताहरुको सवालको जवाफको उत्तर दिदै ज्ञानको कमीले गर्दा संबिधान सभा बन्न नसकको होकी भन्दा ठटेउलि पारामा दमन नाथ ढुंगानाले नेताहरुले ज्यादा बुझेको भन्दा हासोले कार्यक्रम गुन्जिएको थियो l शान्ति प्रक्रिया पूर्ण भएको ,गणतन्त्र  र हतियार निसस्त्रीकरण नै हाम्रा उपलब्धि हुन् भनि पदम रत्न तुलाधरले मन्तब्य राख्नु भएको थियो lअमेरिकाका लागि नेपालका महामहिम राजदूत डा शंकर प्रसाद शर्माले आफु अमेरिका आएको करिब ३ बर्ष भएको र मन्तब्य व्यक्त गर्दै संबिधानको धारामा आर्थिक बुदाहरुमा आफुले पनि कलम चलाएको जानकारी गराउनु भएको थियो भने आयोजकलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो 

उक्त कार्यक्रममा समाजसेवी खिलेन्द्र न्यौपाने ,कबि तथा साहित्यकार बसन्त श्रेष्ठ ,समाज सेवी राम चन्द्र भट्टराई , अमेरिका नेपाल सोसाइटी (समाज ) का पुर्व अधक्ष्य खेम भट्टचन ,अ ने सा स डिसीका अधक्ष्य प्रकाश ,नेपाल दूताबासका व्यक्तित्वहरु ,समाज सेवी बिजया शाह तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो lकार्यक्रम संचालन आयोजक समितिको तर्फबाट समाज सेवी बिनोद गुप्ताले गर्नु भएको थियो भने निरन्जन अधिकारीले पनि सबै लाई धन्यबाद दिनु भएको थियो l
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.