पछिल्ला सामग्री :
कविता (राजु भण्डारी)

मान्छे र चंगा
हावा वेग लिन्छ भने
चंगा चेट हुन्छ
लालच उचाइ चुम्छ भने
मान्छे चेट हुन्छ
विजयता वोध सुरिन्छ भने
चंगा चेट हुन्छ
अधिक ज्ञान झेलिँदैन भने
मान्छे चेट हुन्छ
एकलौटेपना जोगे छ भने
चंगा चेट हुन्छ
गरिबीले खोचो थाप्यो भने
मान्छे चेट हुन्छ
बहुवाद छायो, पलायो भने
चंगा चेट हुन्छ
घमण्डको तुषो सप्रियो भने
मान्छे चेट हुन्छ
त्यसकारण, मान्छे हो या चंगा
अवश्यनै एकपल्ट चेट हुन्छ ।

महेन्द्रनगर, धनुषाIP

0 comments

Write Down Your Responses

Thanks for Your comment.