पछिल्ला सामग्री :
नेपाल लिग विजेता


काठमाडौं, २३ बैसाख/ बर्मुडामा सम्पन्न आइसिसी डिभिजन–३ क्रिकेटमा नेपाल लिग विजेता बन्दै डिभिजन–२ मा उक्लिएको छ । गएराति युगान्डसँग भएको अन्तिम खेलमा नेपाल ५ विकेटले विजयी हुँदै डिभिजन–३ को विजेता बन्न सफल भएको हो । टस जितेर ब्याटिङ रोजेको युगान्डाले नेपालसामु १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।


२ विकेट बाँकी छँदै सबै बल खर्चेर युगान्डाले दिएको उक्त लक्ष्य भेटाउन नेपालका प्रदीप ऐरीले सर्वाधिक ६० रनको योगदान दिएका थिए भने शरद भेषवाकरले नटआउट ५० रनको योगदान दिएका थिए ।


त्यसैगरी पृथु बास्कोटाले नटआउट १९ रन बनाएका थिए । अन्य ब्याट्सम्यानहरूले भने दोहोर अंक बनाउन सकेनन् । ६४ बल छँदै नेपालले लक्ष्य भेटाएको थियो । यो जितसँगै नेपालले नेपाली क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो सफलता हात पारेको छ ।


यो जितसँगै आगामी सन् २०१५ मा हुने आइसिसी विश्वकप छनोट क्रिकेटमा नेपालले प्रतिस्पर्धा गर्न पाउनेछ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.