परिवर्तनकारी प्रेरणा
एउटा स्कुलमा अतिथिका रुपमा आमन्त्रित थिएँ । स्कुलको वार्षिक उत्सवको कुरा थियो । खेलकुद प्रतियोगिता चल्दै थियो ।
पालो दौडको आयो ।
सय मिटरको दौड हुनै लागेको थियो । सबै केटाहरूले पोजिसन लिएका थिए । दौडनै लागेका थिए । एकदमै तयार । दौडन आतुर ।
“म नकुद्ने ।” कुद्न ठिक्क परेको एउटा केटो जो दौडमा सधैँ पछि पर्थ्यो बेस्सरी चिच्च्यायो ।
तर, केटाको बाबु भने आफ्नो छोरो कुदोस् भन्ने चाहन्थ्यो ।
सबै टिचरहरूले भनिसक्दा पनि केटो डेग चलेन । अहँ, कुद्न मान्दै मानेन उसले । बाबुको मन राख्नलाई कुद भन्दा पनि ऊ टसको मस भएन ।
“म कुद्दै नकुद्ने ।” केटाले अड्डीको गाँठो बेस्सरी कस्यो । उसैगरी । अनि कसेको कसेकै । अहँ, फुकाल्नै मानेन । जसले र जसरी सम्झाए पनि मानेन । मान्दै मानेन ।
कुद्नलाई पोजिसन लिएका केटाहरू पनि रोकिए । दौड रोकियो । निराशाको बादल लाग्यो । डम्म । कालो । परिवेशमा निस्तब्धता छायो ।
केटो कुद्न नचाहनुमा पनि कारण थियो । हार्ने डर ।
सधैँ दौडमा हार मात्र भएकाले केटो आजित भएको थियो । उसको आत्मविश्वासको धज्जी उडेको थियो ।
अहँ, जति नै कर गरे पनि केटो कुद्न मानेन । मान्दै मानेन ।
उता बाबु छ । आफ्नो छोरोलाई पनि कुद्न लागाउनु भनेको भनेकै छ । कोसिसको बाबु विकलाङ्ग थियो । त्यसैले ऊ आफ्नो छोरो दौडिरहेको हेर्न मनपराउँथ्यो । आफू दौडन नसक्नुको कुण्ठा थियो क्यार उसमा । अलिअलि सबैमा हुने कुरा नै हो क्यारे । यसै कारण ऊ आफ्नो छोरो हावामा कपाल उडाउँदै दौडेको हेरेर त्यस अज्ञात कुण्ठामा मलमपट्टी गर्न चाहन्थ्यो क्यार । त्यसैले छोरोलाई दौडमा सामेल गराउनु पर्ने ढिपी छोड्दै छोडेन उसले ।
बाबु चाहिँको कुदाउनु पर्ने ढिपी, छोरा चाहिँको नकुद्ने ढिंपी । वातावरण अलिक असहज बन्यो ।
अब यहाँ बाबु र छोरामा कसको भावनाको कदर गर्ने ? अप्ठ्यारो अवस्था बन्यो । प्रिन्सिपल बिलखबन्दमा परे । किंकर्तव्यविमूढ ।
उनले सबै कुरा मलाई सुनाए ।
मैले त्यस फेच्चा केटालाई बोलाएँ ।
“म त कुद्दै नकुद्ने ।” सबैले बोलाएर कुद मात्र भनेकाले केटाले मेरो अगाडि पर्नासाथ घोषणा गर्यो ।
अब ऊ जिद्दी भएको थियो । उसलाई थाहा भइसकेको थियो म के भन्ने वाला छु ।
र, टाउको झुकाएर स्वारस्वार पार्दै दाइने खुट्टाको जुत्ताको चुच्चोले नब्बे डिग्रीको कोण बनाउन थाल्यो ।
“ठीक छ । तिम्रो इच्छाको कुरा हो । तिमीलाई नै मन नभए किन कुद्ने ? नकुद ।” मुस्काएँ । दाहिने हातले उसको टाउको मुसारेँ । प्रेमपूर्वक ।
अनि फेरि भनेँ, “कुद्नेसुद्ने कुरा गोली मार ।” मुस्काएँ उसैगरी, “तिम्रो नाम के हो ?” स्वर अलिक बढ्तै मधुर बनाउने प्रयास गर्दै सोधेँ ।
“कोसिस ।” केटो लाजले सकेसम्म खुम्चेको थियो । स्वारस्वार पारेर नब्बे डिग्रीको कोण बनाएको बनाएकै थियो ।
“कस्तो तिमीलाई नसुहाउने नाम ।” सुस्तरी भनेँ । कस्तोमा अलिक बढ्ता लेघ्रो तानेर ।
कोसिसले तर्सेर मलाई हेर्यो । जुत्ताको स्वारस्वार रोकियो । रिमोटको ब्याट्री सकिएझैँ ।
“आजदेखि तिम्रो नाम विजय ।” अलिक टाठो स्वर पारेर फेरि भनेँ ।
“किन ?” ऊ छक्क पर्यो । मलाई ट्वाल्ल परेर हेर्यो ।
“किनकि, तिमी विजेता हौ । सधैँ जित्ने मान्छेलाई विजेता भनिन्छ ।”
“तर..... म त सधैँ फेच्चा मात्र हुन्छु । सबैले फेच्चा भनेर जिस्काउँछन् मलाई । त्यही लाजले त हो म नकुदेको ।”
“अब फेच्चा हुने दिन गए । अब तिम्रा जित्ने दिन आयो ।”
“तर, म नकुद्ने ।” कोसिसले मेरा कुरा अलिक पत्याएन क्यार । लिंडेढिपी छोडेन ।
“तिमी कुद या नकुद, मलाई मतलब छैन । त्यो तिम्रो इच्छा । तर, मलाई एउटा कुरा राम्रोसँग थाहा छ, अब तिमी कहिल्यै हार्दैनौ । आजको दौडमा पार्टिसिपेट भयौ भने जीत तिम्रै हुनेछ ।”
नपत्याउला कि भनेर स्वर अलिक टाठो पारेँ, “तिमी धेरै छिटो दौडन सक्ने केटा हौ । जित्ने केटा । विजेता । सबै जित्नेहरूले कुद्नै पर्छ भन्ने केही छैन । आज तिम्रो जित्ने दिन हो । तर........ ,” मैले कुरा अधुरै छोडेँ ।
“तर, तिमीले कुद्नै पर्छ भन्ने केही छैन ।”
“साँच्चै ! मैले जित्छु !” कोसिसले छक्क परेर मलाई हेर्यो ।
मैले उसका आँखामा खोजखाज गरेँ । अहँ, मेराप्रति पूर्ण विश्वास भने पलाएको थिएन मुसाका जस्ता ती साना आँखामा । तर, जिज्ञासा भने बेहिसाब थियो ।
“हो, जीत तिम्रै हुनेछ ।” अहिले चाहिँ कवाज खेलाइरहेको सैनिकको जस्तो रवाफिलो पारेँ स्वर ।
“तर... ?”
“तर सर मलाई थाहा छैन । दौडे दौड नदौडे नदौड । तिम्रो खुसी । यो मलाई मतलबको कुरा पनि होइन । तर, मलाई राम्रोसँग के थाहा छ भने दौड्यौ भने जित्छौ । जीत तिम्रै हुन्छ । आज तिमीलाई कसैले हराउन सक्दैन ।”
केटाको मेरुदण्ड सीधा भयो । नाकका पोरा फुले । ठूल्ठूलो सास फेर्यो ।
फेरि भनेँ, “सीधा अगाडि हेर र बेस्कन दौड । जीत पक्का छ । किनकि, तिमी अब कोसिस होइन, विजय हौ, विजय ।” धाप मारेँ ।
उसले मलाई पुलुक्क हेर्यो । अब चम्केका थिए ती साना एकजोर आँखा ।
फेरि भनेँ, “ओ, विजेता ! आज दौड । आज तिमीलाई कसैले हराउन सक्दैन । तिमीले नै जित्छौ । तिमी विजेता हौ । जित्ने मान्छे ।”
कोसिस एकदमसँगले तनक्क तन्कियो । सतिसाल जस्तो सीधा भयो ऊ ।
मैले फेरि भनेँ, “हो, यसरी नै ठाडो शीर पारेर दौड । एकदमसँगले लक्ष्यलाई ताकेर ।”
अझ थपेँ, “तिमी हार्ने समयमा त दौड्यौ भने अब जित्ने दिनमा किन नदौडने ! जाऊ, दौड । आफूले जित्ने समय आएको बेला पछि नहट । अब तिमी विजय हौ, विजय ।”
“दौडन्छु ।” कोसिस कुद्न ठिक्क परेको घोडा जस्तो तन्कियो । दौडने भयो ऊ । उसको स्वरमा विश्वास झल्कन्थ्यो ।
“अब कोसिस दौडन्छन् ।” मैले अगाडिकाहरूलाई सुनाएँ ।
सबै जना खुसी भए । पटट्ट ताली बज्यो । कोसिसको बाबु अति नै रमायो ।
र, त्यस दिन जे भयो अचम्म भयो !
कोसिसले चमत्कार गर्यो ।
कोसिस केवल दौडेन । ऊ हावा भयो, जस्तो कोर्राको चोटले सानो घोडालाई बेतोडले भगाइरहेको होस् । त्यस सानो केटाले उमेरले आफूभन्दा ठूलाठूला केटाहरूलाई समेत हराइदियो ।
कोसिसले जित्यो ।
“यसले कसरी जित्यो ?!” सबै जना छक्क परे ।
कुरा छक्क पर्ने नै भएको थियो । अरुहरू जस्तै म आफैँ पनि छक्क परेको थिएँ । यस प्रश्नको उत्तर थिएन मसँग ।
मेरो उद्देश्य त कोसिसलाई दौडमा भाग लिन लगाउनु मात्र थियो । उसले जित्ला भन्ने त म आफैँले पनि सोचेको कुरा थिइन । तर, हामीले विश्वास गर्नु नगर्नुसँग कोसिसलाई कुनै सरोकार थिएन । किनकि, अब कोसिसले आफूलाई विश्वास गरिसकेको थियो ।
विश्वास !
अर्थात् जीतको प्रथम र बलियो आधार ।
संसारले तिमीलाई विश्वास गरोस् या नगरोस् जसले आफूलाई विश्वास गर्छ उसले अवश्य जित्छ । आफूमाथि विश्वास गर्नेहरूलाई संसारको कुनै पनि शक्तिले हराउन सक्दैन । कोसिसलाई पनि त्यही विश्वासले जितायो ।
“तपाईंले कोसिसलाई के भन्नु भएको थियो र उसले जित्यो ?” टिचर र अभिभावकका प्रश्नको तीर चले मतिर, अर्जुनको गाण्डिवले गांगेयको शरीरमा तीरको वर्षा गरेझैँ ।
म एकदमै खुसी थिएँ ।
“म मुस्काएँ । भनेँ, “जे कुराको मानिसलाई जरुरी हुन्छ, मैले उसलाई त्यही भनेँ ।”
“मतलब ! मतलब !!” सबैका आँखा आश्चर्य ओकलिरहेका थिए ।
बोल्ने पालो आएपछि भनेँ, “कोसिस आजदेखि विजेता भएका छन् । कहिल्यै नजित्ने कोसिसले आज जिते । किन ? किनकि आज मैले उनलाई धाप मारेँ ।”
सबैले अचम्म मान्दै आँखा बाले ।
मैले एकएक दर्शकलाई हेरेँ । सबैका आँखा मैमा फोकस थिए । हजारौँ टर्चलाइट एकैसाथ मतिर फोकस गरेजस्तो लाग्यो मलाई । उत्सुकता थियो मानिसमा । सबै कोसिस विजय बनेको कथा सुन्न चाहन्थे ।
मैले भनेँ, “आज म मानव जीवनको त्यो रहस्य बताउँदै छु, जुन मैले पनि भर्खरै सिकेँ । मानिसलाई के कुराको जरुरी छ ? जीवनमा सफलताका लागि मानिसलाई के कुराको आवश्यकता छ ? मानिसलाई महान् बन्नका लागि के कुराको आवश्यकता छ ? हो, यो रहस्य आज मैले सिकेको छु । र, तपाईंहरूलाई पनि बताउन चाहन्छु, यो रहस्य ।”
त्यो अघिको उत्सुकता ह्वात्तै बढ्यो । मानिसहरू मलाई यसरी हेरिरहेका थिए, मानौँ म गजबकै सेलिब्रेटी हुँ ।
फेरि भनेँ, “मानिसहरूलाई जित्नका लागि धेरै कुराको जरुरी नहुँदो रहेछ । जरुरी छ त केवल तपार्इंको एक धाप र एक यो वाक्यको, ‘मलाई तिमीप्रति विश्वास छ र मलाई विश्वास छ, तिमीले जीत्नेछौ ।’ हो यही एउटा वाक्यको ।” म रोकिएँ ।
मानिसहरू उत्सुक थिए मलाई सुन्न ।
म फेरि बोलेँ, “आज मैले के भनेँं र कोसिस दौडन राजी भए ? दौडन राजी मात्र भएनन्, उनले जिते पनि । तपाईंहरू सबैको मनमा यही प्रश्नको घट्ट चलिरहेको होला । सयौँ जनाले त सोधि नै सक्नु भएको छ ।
मैले केही चमत्कार गरेँ कि भनेर छक्क नपर्नुहोस् । मलाई जादू आउँदैन । मैले आज त्यही गरेँ जे तपाईं हामी सबैलाई आवश्यक छ ।
उत्साह र प्रेरणा ।
मैले आज कोसिसको काँधमा हात राखेँ । र, उत्साह र प्रेरणाका केही वाक्य बोलेँ ।
एक धाप र प्रेरणाका केही वाक्य ।
गरेको जम्माजम्मी । परिणाम तपाईंहरू सबैले देख्नुभयो । कोसिस विजेता बने ।
आज म तपाईंहरूलाई भन्न चाहन्छु ।
तपाईंहरूलाई मात्र होइन म आपैँmलाई पनि भन्न चाहन्छु, ‘मानिसलाई विश्वास गरौँ । मानिस जे पनि गर्न सक्षम छ । जुन मानिसले प्रयास गरिरहेको छ, कोसिस गरिरहेको छ उसलाई यति अवश्य भनौ, ‘मलाई तिमीप्रति विश्वास छ । तिमीले गर्न सक्छौ ।’ जो मानिस केही राम्रो गरेर आउँछ उसलाई यति अवश्य भनौँ’ ‘मलाई तिमीप्रति गर्व छ‘ ।’
जब म मञ्चबाट ओर्लिएँ तब मलाई मानिसहरूले घेरे, ओलम्पिक जितेर स्वदेश फर्केको खेलाडीलाई घेरेझैँ ।
सधैँसधैँ जब म मञ्चबाट ओर्लिन्थे मानिसहरू मलाई उदासिन, कहाँ उदासिन मात्र बैर भावले नै हेर्थे । म अस्पृश्य जस्तो हुन्थेँ । मानिसहरू म बाट अलिक परै रहने प्रयास गर्थे । तर, त्यो दिन ठीक उल्टो भइरहेको थियो । मानिसहरू मलाई अझ सुन्न चाहन्थे । मेरो नजिक हुन चाहन्थे । मलाई छुन चाहन्थे ।
यहाँ कायापलट भएको थियो । चमत्कार भएको थियो !
यो घटनापछि त्यस स्कुलमा कोही बदलियो या बदलिएन म भन्न सक्दिनँ, तर म भने पूर्ण रुपमा बदलिएँ । त्यो दिन घरमा आएर म कोठा थुनेर केही घण्टा धुमधुम्ती बसेँ ।
‘देखिस्, मानिसहरू के चाहँदा रहेछन् ? मानिसहरू तेरो अहँकारलाई पोषण दिने तेरो बौद्धिकता रुचाउँदैनन् । मानिसहरूलाई जरुरी छ, केही उत्साह र केही प्रेरणाको । आफूलाई बौद्धिक भनाउने चक्कर छोडेर मानिसहरूबाट प्रेम पाउने प्रयास गर् । जसरी तँलाई कसैले धाप मार्दा आनन्द आउँछ त्यही कुरा अरुहरूमा पनि लागू हुन्छ । हरेक मानिस केही महान् गर्न सक्षम छ, बस तँ उसलाई केही उत्साह र प्रेरणा दे । तँ यस्तो पुस्तक लेख जुन पढेर मानिसहरूले प्रेरणा प्राप्त गरुन् ।’
त्यो अँध्यारो कोठामा आकाशवाणी भयो !
कोही बोल्यो त्यहाँ । तर, यो बोल्ने कोही अपरिचित थिएन । यो थियो, म भित्रको अहँकार विहिन म । वास्तविक म । मेरो वास्तविक स्वरुप । मलाई यस्तो लाग्यो मानौँ मैले मोक्ष प्राप्त गरेको हुँ । म फेरि जन्मेको थिएँ । जीवनमा पहिलो पटक मैले लेख्न सिकेको थिएँ ।
बत्ती बालेँ । आँखा तिरमिराए, लामो निद्राबाट उठेको मानिस एकैचोटि चहकिलो उज्यालोमा पुग्दाझैँ ।
‘बाबा ! बाबा !!’ बत्ती बाल्नासाथ छोरो रमाउँदै कोठामा छिर्यो ।
मैले पाण्डुलिपी झिकेँ जसलाई मैले लेखिसकेर दङ्गदास बनेर थन्क्याएको थिएँ ।
“लौ बाबु यो च्यात ।” मैले मेरो चार वर्षमा हिंडिरहेको छोराको अगाडि बिट मार्ने क्रममा रहेको अनि मेरो महत्वाकांक्षी कृति भनिएको, “युद्धका डोबहरू”को पाण्डुलिपी राखिदिएँ ।
अलिक पाका नातेदारहरू जसले मलाई छोराको अहिलेको उमेरमा पनि देखेका थिए, भन्थे, ‘तिम्रो दुरुस्त छवि आएको छ । कोलोन गरे जस्तो लाग्छ तिम्रो छोरो ।’
मेरो यो सानो छवि चित्र । सम्यक । ऊ च्यातचुत गर्नमा र कैँची भेटे काटकुट पार्नमा अलिक बढ्तै रुचि देखाउँथ्यो ।
मैले च्यात्न दिएकै हुँ भनेर पहिला त पत्याएन, उसले । अनुहार नियाल्यो, आपैँm प्रश्न वाचक जस्तो भएर, ‘के साँच्चै भनेको ?’ भन्दै थियो त्यो सानो हात्तीका छावाको पाइला जस्तो अनुहार ।
“च्यातच्यात ।” उसको भाका बुझेर फेरि भनेँ ।
“ध्वार.... ध्वार...” विस्तारै आफ्नो रुचिको काम सुरु गर्यो, सम्यकले । एक पटक च्यातेर फेरि पुलुक्क हेर्यो मलाई ।
“च्यातच्यात ।” अनुहार उज्यालो पारेर भनेँ ।
अनि कुकुरले मासुको टुक्रा झम्टेझैँ जाइलाग्यो सम्यक । गति बढाइहाल्यो सम्यकले ।
“हा... हा... हा... ।” हाँस उठ्यो । हाँसें ।
मेरो छोरो “युद्धका डोबहरू”को पाण्डुलिपी जति च्यात्दै जान्थ्यो म त्यति हाँस्थेँ ।
छोरो युद्धका डोबहरूको पाण्डुलिपी च्यातिरहेछ । म हाँसिहरेछु ।
म हाँसेको देखेर सम्यक चराले जसरी चहचहाउँदै च्यात्न थाल्यो । उसलाई यस्तो खुसी यस अघि मैले कहिल्यै देखेको थिइनँ ।
‘कति रमाएको त यो केटो !’ सोचेर म छक्क परेँ । उधुमै रमाएको थियो ।
मैले उठेर फ्यान चलाएँ ।
“युद्धका डोबहरू”को पाण्डुलिपीका च्यातिएका पानाहरू कोठाभरि छरिन थाले । कोठामा मेरो उपन्यासको पाण्डुलिपीका पानाहरू सरसराउन थाले । यताउता हिँड्न थाले ।
दशैँदशैँमा सुनाइने नाटकमा महिषासुर हाँसेझैँ म हिस्टेरिक पाराले हाँस्न थालेँ । मेरो प्रलयकारी हाँसोले मेरी प्रिय सङ्गिनी विनितालाई खिच्यो क्यार ।
घर्याक्क ढोका खुल्यो ।
“यो के च्यातेको ?” भित्र पस्नासाथ हावामा उडिरहेका पानाहरूबाट एउटा चाहिँ समातेर सोधिन् ।
“बाबाको किताब ।” धारधुर पारेर च्यात्ने कामलाई तीब्रताका साथ चलाइरहेको सम्यकले सुगाको जस्तो चहकिलो स्वरमा भन्यो ।
“यो त “युद्धका डोबहरू”को पाण्डुलिपी जस्तो पो छ त !” समातेको पाना पढेर आत्तिँदै भनिन् विनिताले, “यो के गरेको बाबु ?” उनले च्यात्न बाँकी कपी फुत्त छोराको हातबाट खोसिन् ।
“कुइँकुइँ.... ...” सम्यक कुटेको कुकुरको छाउरो जस्तो स्वर तिखो पार्दै रुन थाल्यो ।
“बाबाले च्यात्न दिनु भएको ।” कराउँदै ऊ विनिताको हातबाट कपी खोस्न उफ्रियो ।
विनिताले हात उचालिन् । सम्यकले भेटेन । बल गरेर फेरि उफ्रियो । फेरि पनि भेटेन ।
“हा...हा....हा...।” म हाँसेको हासेकै छु ।
“हैन, तिमी पागल त भएका छैनौ ?” झपारिन्, “किन च्यात्न दिएको ? किन यसले च्यातेको रमिता हेरेर बसेको ? टाइप पनि त गरेको छैन ।” यतिका वर्ष पछि उनले मलाई पहिलो पटक बर्षिन नसकेको बादल जस्तो अनुहार देखाइन् । रिसाइन् उनी । बेस्सरी नै ।
“च्यात्न देऊ ।” मैले हाँस्दै भनेँ ।
“तिमी पागल त भएनौ ?” झर्किन् । तिखारिएको स्वर ।
“हा....हा....हा...।” सिसा चर्किने गरी हाँसे । अघिको भन्दा बढेको थियो हाँसो ।
“तिमी नर्भस ब्रेक डाउनको सिकार भयौ जस्तो छ ।” उनी छरिएका पाना टिप्न थालिन् ।
“लुखास्त ! लुखास्त !!” भन्दै सम्यक पनि विनिताले टिपेभन्दा छिट्छिटो छरिएका पानाहरू टिपेर च्यात्न थाल्यो ।
“मात्तेको हो ? लुखास्त !” विनिताले सम्यकका साना हातमा प्याट्ट पिटिन् ।
“याँ ऽ ऽ ऽ ” रोयो ।
विनिता हतोत्साहित बनेकी थिइन् । उनले अलिक बढ्तै मन पराएकी थिइन् यस उपन्यासलाई, जुन अहिले छोरो च्यातिरहेको थियो । र, यो च्यात्न मैले नै दिएको थिएँ ।
सम्यक रुँदै मेरो छेउमा आयो ।
“ममीले टिपिसकेपछि फेरि च्यातौला । फेरि च्यात्न दिन्छु ।” मैले उसलाई अङ्गालो हालेँ । गालाबाट झरिरहेका हीराका टुक्रा जस्ता आँसु पुछें । रुन छोड्यो ।
विनिताले निकै बेर लाग्यो पानाहरू समेट्न ।
“बाबुलाई फेरि च्यात्नदेऊ न ।” एउटा अक्षरै नबुझिनेगरी च्यातिएको पानाको टुक्रा मिलाउने प्रयास गर्दै रहेकी विनितालाई हेरेर भने, “खूब रमाउँदै छ, च्यातचुत गर्न पाएर ।” हाँसेकै थिएँ ।
“भोलि डाक्टरकोमा जानुपर्छ । तिमी नर्भस ब्रेक डाउनको शिकार भएका छौ ।” पानाबाट नजर उठाएर भनिन् । पागल शब्द प्रयोग गरिहाल्न चाहेकी थिइनन् सायद ।
“याँ ऽ ऽ ऽ ” सम्यक रोइरहेछ । उसको क्रन्दनले हाम्रो वार्तामा पाश्र्व सङ्गीतको काम गरिरहेछ ।
“म युद्धका डोबहरू पुनर्लेखन गर्छु ।” नहाँसी भनेँ ।
“आवश्यक छैन ।” झर्किन् ।
“मानिसहरूलाई के आवश्यक छ अब मैले बुझ्न थालेँ ।” सम्झाउन चाहे ।
“यो धेरै राम्रो उपन्यास बनेको छ ।”
“तर.....”
“तर सर छोड्नुस् । हामी कहाँ कस्ताकस्ता उपन्यास आइरहेका छन् मैले पनि राम्रोसँग बुझेकी छु । म पनि पढेलेखेकी मानिस हुँ । मैले पनि अनगिन्ती पुस्तक पढेकी छु ।” चौपट्टै रिसाइन् ।
“याँ ऽ ऽ ऽ ” पाश्र्व सङ्गीत चलिरहेछ ।
“हो, तिमी विद्वान छ्यौ, तर तिमीले बुझेकी छैनौ मानिसले के चाहेको हुन्छ ?”
“मतलब ?”
“आज मैले जिन्दगीको एउटा ठूलो पाठ सिकेँ । मानिसलाई खास कुराको जरुरी हुन्छ । उसलाई हरबखत उत्साह र प्रेरणाको आवश्यकता हुन्छ ।” अलिक जिज्ञासु बनाइन् अनुहार । प्रतिवाद पनि गरिनन् ।
फेरि भनेँ, “जब युद्ध सकियो नेपालीहरूलाई के लागेको थियो ? लागेको थियो अब सब ठीक हुन्छ, तर केही ठीक भएन । निराशा झन घनीभूत भयो । आज हरेक सचेत युवा यो देशबाट भाग्न खोजिरहेका छन् । आशा नामको चरो कही कतै देखिँदैन........उडेर बेपत्ता भइसक्यो ।”
“यो त सबैलाई थाहा भएकै कुरा हो ।” विनिताले मेरो कुरा बीचैमा काटिन् ।
“हो, यो थाहा छ भने अब तिमीले यो पनि थाहा पाउन जरुरी छ, यो निराशाको युगमा मानिसलाई के कुराको जरुरी छ ? मानिसलाई के कुराको आवश्यकता छ ?”
“याँ ऽ ऽ ऽ ”
“के आवश्यक छ ?” कम्मरमा हात राखेर यसरी उभिइन् मानौँ उनी मलाई कुस्ती खेल्ने हाँक दिइरहेकी छिन् ।
“यहाँका मानिसलाई आवश्यक छ, उत्साह र प्रेरणाको । यहाँ मानिसको हृदयमा आशाको बीउ रोप्न जरुरी छ । त्यसैले अब म मानिसहरूलाई प्रेरणा दिने किसिमको, उनीहरूको हृदयमा आशाको सञ्चार गराउने किसिमको उपन्यास बनाउँछु, युद्धका डोबहरूलाई..... ।”
विनिताले ओठ चलाएकाले केही भन्न खोजेको हो कि भनेर चुप लागेँ । तर, बोलिनन् ।
फेरि बोलिन्, “जसलाई त्चबलकाबचmबतष्यल mयतष्खबतष्यल भनिन्छ ?” बल्ल बादल फाट्यो । विनिताको अनुहार केही उज्यालियो । मुस्काएकै हुन् । मुस्काइन् नै उनी ।
“हो... ।” मैले लेघ्रो तानेँ, “जुन साहित्यबाट पाठकमा प्रेरणा र उत्साहको सञ्चार हुँदैन त्यो मृत साहित्य हो ।”
“के, लेख्न चाहिँ लेख्छौ ?” शङ्कीत नजरले हेरिन्, “गफै त होइन ।”
“अवश्य लेख्छु ।”
“लेख्दैनौ भने यही छपाउने हो ।”
“यो कृति लाखै बिके पनि म छप्न चाहन्नँ । अब म मेरा पाठकका लागि केही नयाँ दिन चाहन्छु, ताकि जीवनका लागि पनि त्यो थोरबहुत उपयोगी बनोस् ।” मैले अन्तिम निर्णय सुनाएँ ।
अनि दुबै मौन ।
“याँ ऽ ऽ ऽ ”
फेरि मौनता तोडेँ, “तर अब म ल्यापटपमा लेख्छु ।”
“बाबु, सरी है ।” पाश्र्व सङ्गीत बजाइरहेको सम्यकलाई हेरेर विनिताले कान समाइन् ।
“याँ ऽ ऽ ऽ ” रोकियो । घुँक्कघुँक्क मात्र बाँकी रह्यो ।
“च्यात ।” विनिताले आफ्नो हातको युद्धका डोबहरूको पाण्डुलिपी सम्यकलाई दिइन् ।
च्यात्ने कागज पाएर पहिला त सम्यकले अविश्वासी आँखाले विनितालाई हेर्यो । सुस्तरी हात बढायो । घुँक्कघुँक्क पनि रोकियो । सायद च्यातुँकी नच्यातुँ भयो । दोधारमा पर्यो । पुलुकपुलुक हामी दुवैलाई हेर्यो ।
“च्यात च्यात ।” हाँसेर फेरि भनिन् ।
च्यार... च्यार... ।
च्यात्यो । अनि च्यातेको च्यातै । हाँस्दै । रमाउँदै । सम्यकले अघिको भन्दा निकै छिट्छिटो मेरो उपन्यास युद्धका डोबहरूको पाण्डुलिपी च्यात्यो । फ्याँक्यो । पङ्खाको हावाले पानाहरू यताउता उडायो । उडाइरह्यो ।
“जानुका....।” ढोकातिर पर्केर कराइन् विनिता ।
“हजु..........र.........” किचनबाट जानुकाले लेघ्रो तानी । र, आवाजको पछिपछि दौडेर आई ।
“दुई कप कफी लिएर आऊ ।” ढोकामा उभिएकी जानुकालाई हेरेर भनिन् विनिताले ।
“हस् ।” फर्की ।
“म पनि खानेँ ।” धमाधम च्यातिरहेको सम्यक करायो ।
“सम्यकलाई पनि ल्याउनू । आधा कप मात्र ।” भनिन् ।
“नाइँ, भरी खाने ।” करायो ।
“भरी नै रे ।” फेरि कराइन् ।
“हस् ।” गई जानुका ।
सम्यकले ङिच्च दाँत देखायो । पल्याक पुलुक पालैपिलो हेर्यो हामी दुवैलाई ।
अनि फेरि च्यात्न थाल्यो ।
हामी मुस्काउँदै उसले च्यातेको हेरेर बस्यौँ । यसरी हेरिरहँदा अब म नयाँ युद्धका डोबहरूलाई कसरी अघि बढाउनु पर्ला भनेर पनि सोचिरहेको थिएँ ।
एकै छिनपछि जानुका देखापरी । अहिले उसको हातको ट्रेमा मगमग बास्ना उडिरहेका कफीका तीन कप थिए ।
हामीले कफी लियौँ ।
सम्यकले ‘तातो छ, भरे खान्छु’ भनेर राख्यो । भरि कफी छल्केर सम्यकलाई पोल्ला जस्तो लागेका थियो, तर जतनले राख्यो ।
“युद्धका डोबहरू”को पाण्डुलिपीको च्यातिएका पानाहरूमाथि बसेर हामीले कफी पियौँ ।
कफी सकाएर हामी निस्कियौँ । छतमा गयौँ ।
छतमा निकै बेर बसेर आउँदा पनि सम्यक युद्धका डोबहरूको पाना च्यातिरहेको थियो । ऊ आफूलाई जीवनमा सबैभन्दा मजा लाग्ने काम गरिरहेको थियो । खुसी थियो ।
तर, त्यस दिनदेखि मेरो छोरो सम्यकले कहिल्यै पुस्तक च्यातेन ।
“बाबा, यो त तपाईंको बुक पो रहेछ !” भन्दै आजभोलि सम्यक बुकहरू च्यात्नुको सट्टा मिलाउनतिर लाग्छ । बुकलाई खूब माया गर्ने भयो सम्यक त्यस दिनदेखि ।
प्रकाशित हुने तरखरको मेरो उपन्यास “युद्धका डोबहरू” भने मैले ल्यापटपमा लेखेँ ।
म यो उपन्यास “युद्धका डोबहरू” मार्फत मानिसको काँधमा धाप मारेर भन्न चाहन्छु, ‘मलाई तपाईंमाथि विश्वास छ । मलाई तपाईंको क्षमतामाथि विश्वास छ । मलाई विश्वास छ, तपाईं महान् काम गर्न सक्नु हुन्छ । तपाईं यस धर्तीमा अर्काका लागि चारो बटुल्नका लागि नभएर केही महान् परिणाम निकाल्नका लागि जन्मनु भएको हो । वर्तमानको सोचमा थोरै परिवर्तन गरेर तपाईं जीवनमा अकल्पनीय परिणाम ल्याउन सक्नुहुन्छ पनि । किनकि तपाईंको मस्तिष्कमा अनन्त क्षमता छ ।’
पुण्यप्रसाद प्रसाईं, काठमाडौं

prasaipunya@gmail.com
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.