सरकारको अर्जुनदृष्टि नयाँ निर्वाचन
काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायतमन्त्री छविराज पन्तले वर्तमान सरकारको अर्जुनदृष्टि संविधासभाको नयाँ निर्वाचन भएको बताउनुभएको छ ।
कात्तिकको अन्तिम साता वा मंसिरको पहिलो सातासम्ममा निर्वाचन नभए मुलुक फेरि द्वन्द्वमा जाने भन्दै उहाँले निर्वाचनको वातावरण निर्माणमा सघाउन सबैलाई आग्रह गर्नुभयो । मंसिरमा निर्वाचन नभए मुलुक फेरि द्वन्द्वमा फस्छ, शान्ति र विकासका लागि नागरिक आवाजले आज राजधानीको भृकुटीमण्डपमा गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, ‘त्यसैले निर्वाचनको अर्को विकल्प छैन । मुलुक लामो समयसम्म संक्रमणकालबाट गुज्रिन नसक्ने भएकाले तत्काल निर्वाचनको तयारीमा लाग्नुपर्नेछ ।’
‘१० वर्षे जनयुद्धदेखि अलिहेसम्म जनताले धैर्य गरेर बसे,’ उहाँले भन्नुभयो, ‘फेरि पनि निर्वाचन भएन भने जनताको धैर्यको बाँध फुट्न सक्छ । त्यो कसैले रोकेर रोकिने वाला छैन ।’ राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा असारमा निर्वाचन हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । दलहरूबीचको मतभेदले सरकार अन्योलमा परेको भन्दै मन्त्री पन्तले निर्वाचन ऐनमा देखिएको विवाद जतिसक्दो चाँडो समाधान गरी चुनावी सरकारलाई सहयोग गर्न दलहरूलाई आग्रह गर्नुभयो ।
उहाँले मंसिरको दोस्रो सातादेखि हिमालमा हिउँ पर्ने भएकाले पहिलो साताभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । चुनावको तिथि घोषणा गर्दैमा निर्वाचन हुन्छ भन्ने बुझाइ गलत भएको भन्दै उहाँले दलहरूबीच सहमति भएको केही दिनमै सरकारले मिति घोषणा गर्ने स्पष्ट पार्नुभयो ।
![]() |



0 comments
Write Down Your Responses
Thanks for Your comment.