राजधानीमा पर्यटन महोत्सव
काठमाडौं/ पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि राजधानीमा मध्य तथा सुदूरपश्चिम पर्यटन एवं सांस्कृतिक महोत्सव–२०७० हुने भएको छ ।
सभागृहमा जेठ १०, ११ र १२ गते हुने महोत्सवमा मध्य तथा सुदूरपश्चिमका झाँकी, पर्यटकीय क्षेत्रहरूको वृत्तचित्र, फोटो प्रदर्शनीका साथै स्थानीय ख्यातिप्राप्त कलाकारहरूले सांगीतिक प्रस्तुति गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा मध्य तथा सुदूरपश्चिमको टुर प्याकेज तथा खानपिनका २० वटा स्टल रहने आयोजक समितिकी अध्यक्ष गोदावरीसिंह शाहीले जानकारी दिनुभयो । महोत्सवबारे जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पश्चिम महिला जागरण समूहले महोत्सव आयोजनाका लागि करिब २५ लाख रुपैयाँ खर्च लाग्नेसमेत जानकारी दिएको छ ।
मध्य तथा सुदूरपश्चिमको पर्यटन प्रबद्र्धन र विकासका लागि महोत्सवको आयोजना गरिएको आयोजकको दाबी छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.