घरेलु हिंसापीडित बालिकाको उद्धार
प्युठान/ घरेलु कामदारका रूपमा रहँदै आएकी घरेलु हिंसापीडित बालिकालाई जिल्ला बाल कल्याण समिति प्युठानले उद्धार गरेको छ ।
बाँके जिल्ला फुल्टेक्रा घर भई बिजुवार–७ स्थित सूर्यबहादुर भण्डारीको घरमा काम गर्दै आएकी १४ वर्षीया लक्ष्मी शर्मालाई कुटपिट गर्नुको साथै गाली–गलौज गरेको पीडित बालिकाले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुई वर्ष अघिदेखि भण्डारीको घरमा काम गर्दै आएकी बालिकाले घरमा बस्ने वातावरण नभएपछि हिजो (सोमबार) आफ्नो घर फुल्टेक्रा जान लाग्दा घर मालिकले भागेर जान लागेको भन्दै बाटोमा कुटपिट गरी दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दाले घटनाबारे जिल्ला बाल कल्याण समितिलाई खबर गरेपछि समितिले पीडित बालिकाका विषयमा आज (मंगलबार) बिजुवार प्रहरीचौकीमा निवेदन दिएपछि प्रहरीले पीडित बालिका, पीडक, स्थानीय बासिन्दा, जिल्ला बाल कल्याण समिति पदाधिकारीसहितको समन्वयमा पीडकले पीडित बालिकासमक्ष माफ माग्दै क्षतिपूर्ति दिएका छन् ।
पारिश्रमिकबापत् ३५ हजार जरिवाना पाँच हजारसहित बालिकालाई ४० हजार उपलब्ध गराएर बालिकालाई जिल्ला बाल कल्याण अधिकृत सुशीला सिंखडाको संरक्षणमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
– सिटी पोखरेल

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.