प्राधिकरणका एमडीसहित उच्चअधिकारी पक्राउ (अख्तियारको विज्ञप्तिसहित)
काठमाडौं/ विद्युत प्राधिकरणको
ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
प्राधिकरणका प्रबन्धनिर्देशक र दुई पूर्वप्रमुखसहित १० जनालाई पक्राउ
गरेको छ ।
ट्रान्सफर्मर खरिद गर्दा भएको घोटालामा प्राप्त प्रमाणका आधारमा
उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा प्राधिकरणमा
प्रबन्धनिर्देशक रामेश्वर यादव, पूर्वमहाप्रबन्धक चिरञ्जीवी शर्मा पौडेल र
कार्यकारी निर्देशक डा.जीवेन्द्र झा छन् ।
त्यस्तै प्राधिकरणका योजना प्रमुख कृष्णबहादुर थापा, इन्जिनियर प्रमोद रिजाल, अवकाश प्राप्त उपकार्यकारी निर्देशक टीकाराम वि।सि।, उपनिर्देशक (लेखा) कृष्णबहादुर के.सी., तह ११ मा कार्यरत देव शर्मा पौडेल, वितरण तथा ग्राहक सेवा (पूर्वअर्थ महाशाखा) का लेखा अधिकृत सुशीलप्रसाद खनाल र विद्युत विकास आयोजनाका पूर्वसंयोजक महेशप्रसाद आचार्य रहेका छन् । उनीहरुलाई आयोगको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
आयोगले प्राधिकरणको ट्रान्सफर्मर खरिदमा अनियमितता भएको भन्दै १२ जना उच्च अधिकारीलाई पक्राउ गरेको थियो । तीमध्ये १० जना प्राधिकरणका अधिकारी छन् भने दुई जना ट्रान्सफर्मर आपूर्ति गर्ने चिनियाँ कम्पनी हुबेईका अधिकारी छन् ।
प्राधिकरणले २०६४ सालदेखि ६८ सालसम्म खरिद गरेका करिव ५ हजार गुरणस्तरीन ट्रान्सफर्मरमा ४ अर्ब रुपैयाँ घोटाला भएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.