पछिल्ला सामग्री :
राजनीतिक समितिमा दुई दल थपिए

काठमाडौं/ उच्चस्तरीय राजनीतिक समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा मालेलाई पनि समावेश गरिने भएको छ ।

समितिको कार्यालय नयाँ बानेश्वरमा मंगलबार बसेको बैठकले अन्य राजनीतिक दललाई पनि समितिमा ल्याउने सहमति भएको एमाले नेता रघुजी पन्तले जानकारी दिए । बैठकमा संघीय लोकतान्त्रिक मोर्चाका प्रतिनिधिका रूपमा पहिलोपटक भरतविमल यादव र शरत्सिंह भण्डारी पनि उपस्थित थिए । उपेन्द्र यादव नेतृत्वको मोर्चालाई समितिमा ल्याउने निर्णय यसअघिको समिति बैठकले गरेको थियो ।

असन्तुष्ट दलहरूलाई पनि समितिमा सहभागी गराउने नीतिगत सहमति बनेको पन्तले जानकारी दिए । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा–माओवादी र संघीय समाजवादी पार्टीसँग बिहीबार निर्णायक वार्ता गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

६ भदौको बिहान नेकपा–माओवादीसहितको ३२ दलीय मोर्चा र साँझ अशोक राई नेतृत्वको समाजवादी पार्टीसँग वार्ताका लागि आग्रह गरिने पन्तले बताए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.