नेपाल समूह चरणबाटै आउट
काठमाडौं/ नेपाल सिंगापुरमा जारी एसिसी इमर्जिङ टिम्स कप
क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । अघिल्ला दुई खेलको नतिजा
गुमाइसकेको नेपाल समूह चरणको अन्तिम खेलमा पनि आज पाकिस्तानसँग ९ विकेटले
पराजित भएपछि अघिल्लो चरण प्रवेशबाट बञ्चित भयो ।
नेपालले दिएको १ सय ५६ रनको सामान्य लक्ष्य पाकिस्तानले ३३ ओभर १ बलमा १ विकेट मात्र गुमाएर पुरा गऱ्यो । पाकिस्तानका बबर अजामले नटआउट एक सय रनको योगदान गरे ।
त्यस्तै हम्मद अजामले आउट नभइ ४३ रन बनाए भने अजिमले १५ रन जोडे । नेपालका बसन्त रेग्मीले एक विकेट लिए । यसअघि सिंगापुरको पदांग स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १५६ रन बनायो ।
नेपालका लागि ओपनर व्याट्सम्यान सुवास खकुरेलले सर्वाधिक ७८ रनको योगदान गरे पनि त्यसपछिका कुनैपनि व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । बसन्त रेग्मी र विनोद भण्डारीले समान १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १० रन जोडे ।
त्यस्तै सरद भेषवाकरले ८ तथा अनिल मण्डल र सागर पुनले समान ५ रन बनाए । कप्तान पारस खड्का र चन्द्र साउद समान १–१ रनमै पभेलियन फर्किए भने शक्ति गौचनले २ रन बनाउादा अविनाश कर्णले रन नै जोड्न सकेनन् ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ३ रनले पराजित भएको थियो भने भारतको २३ वर्षमुनिको टोलीसाग ८४ रनले पछि परेको थियो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.