पछिल्ला सामग्री :
क्यानको बृहत् योजना

काठमाडौं/ नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार ०७०/७१ को वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै बृहत् कार्यक्रम ल्याएको छ । क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विशेष प्राथमिकतामा राख्दै विश्वकप क्रिकेट छनोट अघि विभिन्न योजना सार्वजनिक गरेको छ ।

युएईमा कात्तिक २९–१५ मंसिरसम्म हुने टी–२० विश्वकप छनोटका लागि राष्ट्रिय टोलीलाई कात्तिक १–२८ सम्म क्लोज क्याम्पमा राखिने भएको छ । यसैगरी, असोज १०–१७ सम्म सिनियर टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ ।

सिनियर एकदिवसीय खेल सञ्चालन गरिने क्यानले जनाएको छ । क्लब, जिल्ला तथा क्षेत्रीय पछि क्यानले मंसिर १६–३० सम्म राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ । सन् २०१५ को आइसिसी विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि क्यानले विशेष प्राथमिकता राखेको छ । न्युजिल्यान्डमा पुस २४ देखि १८ माघसम्म विश्वकप छनोट हुनेछ ।

विश्वकप क्रिकेट छनोटलाई उच्च प्राथमिकतामा राख्दै क्यानले अन्तर्राष्ट्रिय खेलका अनुभवी क्रिकेटरबाट घरेलु खेलाडीलाई अभ्यास गराउने निर्णय गरेको छ । जसअनुसार फास्ट बलरका लागि श्रीलंका तथा ब्याटिङ कोचका लागि अस्ट्रेलियाबाट विशेषज्ञ आउनेछन् । यसैगरी, अक्टोबरमा नेपाली टोली अभ्यासका लागि भारत जानेछ । क्यानले फिल्डिङ कोचका लागि श्रीलंकन ल्याउने जनाएको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.