दुई उपविजेताको दोस्रो फाइनल भेट
काठमाडौं/ आठौँ साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि बुधबार भारत र अफगानिस्तान भिड्ने भएका छन् । दशरथ रंगशालामा सोमबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै भारतले अफगानिस्तानसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
यसअघि अफगानिस्तानले आइतबार पहिलो सेमिफाइनलमा आयोजक नेपाललाई १–० कै अन्तरले स्तब्ध तुल्याउँदै फाइनलको स्थान पक्का गरिसकेको थियो । सन् २०११ को नयाँदिल्लीमा सम्पन्न सातौँ संस्करणको फाइनल पनि भारत र अफगानिस्तानबीचै प्रतिस्पर्धा भएको थियो ।
त्यसवेला भारतले अफगानिस्तानलाई ४–० को भारी अन्तरले पराजित गर्दै पाँचौँपटक उपाधि चुमेको थियो । यसपटकको फाइनलमा पनि समय र स्थान मात्रै परिवर्तन हुने छन्, प्रतिद्वन्द्वी उही नै छन् ।
यस्तै अघिल्लो सेमिफाइनलमा पनि भारत र माल्दिभ्स तथा नेपाल र अफगानिस्तान नै भिडेका थिए । पहिलो सेमिफाइनलमा नेपाल १–० ले नै पराजित भएको थियो । माल्दिभ्स भने २–१ ले पराजित हुन पुगेको थियो । दुई वर्षपछि सेमिफाइनलमा समान प्रतिद्वन्द्वी पाउँदासमेत नेपाल र माल्दिभ्स बदला लिन असमर्थ रहे ।
दशरथ रंगशालामा भारतका लागि अर्नबकुमार मन्डलले निर्णायक गोल गरेका थिए । अर्नबले खेलको ८४औँ मिनेटमा मेहताब हुसेनको कर्नरमा सशक्त प्रहार गर्दै भारतलाई १–० ले अघि राखेका थिए । त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि भारत १–० को जित हात पार्दै फाइनल पुग्न सफल रह्यो ।
दुवै समूह विजेता बाहिरिए
माल्दिभ्सको पराजयसँगै आठौँ साफ च्याम्पियनसिपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका दुवै टोली सेमिफाइनलबाटै बाहिरिएका छन् । समूह ‘ए’मा भारत र बंगलादेशजस्ता बलियो टोलीलाई पराजित गर्दै नेपाल समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो । नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।
यस्तै समूह ‘बी’मा पनि माल्दिभ्सले सानदार प्रदर्शन गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा पुगेको थियो । समूह ‘बी’को विजेता बन्न माल्दिभ्सले श्रीलंकालाई १०–० तथा भुटानलाई ८–२ ले पराजित गरेको थियो । यस्तै अफगानिस्तानसँग (०–०) गोलरहित बराबरीमा रोकिएको थियो ।
तर, सेमिफाइनलमा दुवै समूह विजेता टोली समूह उपविजेतासँग पराजित हँुदै प्रतियोगिताबाट बाहिरिन बाध्य भए । भारत समूह ‘ए’ तथा अफगानिस्तान समूह ‘बी’को उपविजेता टोली हुन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.