अन्योलमा ओबामा
एजेन्सी/ अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियालाई रासायनिक हतियारमुक्त बनाउन कूटनीतिक पहल सुरु गर्ने बताएका छन् ।
तर, कूटनीतिक पहल सफल नभए कारबाहीका लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशन दिएका छन् । बुधबार टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले सिरियामाथि कारबाहीका लागि संसद्मा पेस भएको प्रस्तावमाथिको मतदान केही पछि सार्न आग्रह गरेको पनि जानकारी दिए ।
आफूमाथि तत्काल सैन्य हस्तक्षेपका लागि दबाब परे पनि आफूले अन्य विकल्पका लागि जोड दिँदै आएको ओबामाको भनाइ छ । सैन्य हस्तक्षेपले सिरियाको द्वन्द्व समाधान नहुने भए पनि रासायनिक हतियारको प्रयोग भएपछि आफ्नो अडान पुनर्विचार गर्न बाध्य भएको ओबामाको स्पष्टोक्ति रहेको बिबिसीले उल्लेख गरेको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.