रेग्मीलाई नेताहरूको सुझाब
काठमाडौं/ उच्चस्तरीय राजनीतिक समितिले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई न्युयोर्क भ्रमणमा नजान आग्रह गरेको छ ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मी र समितिमा रहेका नेताहरूबीच बुधबार भएको छलफलमा नेताहरूले चुनावको चटारो छाडेर भ्रमणमा नजान रेग्मीलाई सुझाएका थिए । चुनाव नजिकिँदै गरेको अवस्थामा मन्त्रिपरिषद् अध्यक्षले देश छाड्नु उपयुक्त नहुने भन्दै तत्काल भ्रमण स्थगित गर्न उनीहरूले सुझाब दिएका थिए ।
चुनावअघि अध्यक्ष रेग्मी राष्ट्रसंघको महासभामा भाग लिन जान लागेको भन्दै आलोचना भइरहेका वेला समितीले पनि भ्रमण रोक्न आग्रह गरेको हो ।
छलफलमा मोहन वैद्य नेतृत्वको मोर्चा चुनावमा सहभागी नभए पनि तोकिएको मितिमा चुनाव सम्पन्न गर्न दुवैपक्ष सहमत भएका छन् । अध्यक्ष रेग्मीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा असन्तुष्ट दलहरूलाई चुनावमा सहभागी गराउन प्रयास गर्ने तर उनीहरू सहमतिमा नआए पनि चुनाव भने नरोक्ने सहमति भएको हो ।
यसैबीच एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट छुटेर गएको नेकपा–माओवादीसँग एकताको प्रयास भइरहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनको ललितपुरमा उद्घाटन गर्दे दाहालले दुवै माओवादी एकताबद्ध भएर जाने विषयमा छलफल भइरहेको बताउनुभयो । पार्टीबाट मोहन वैद्य पक्ष छुटेर गए पनि आफूहरूबीच कुनै मनमुटाव भने नभएको भन्दै उनले नेकपा–माओवादीसँग एकताको ढोका सधैँ खुला रहेको बताउनुभयो ।
यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादी चुनावमा आउने सुनिश्चित भए संविधानसभाको मिति केही दिन सार्न सकिने बताउनुभएको छ । उच्चस्तरीय राजनीतिक समितिको सदस्यसमेत रहनुभएका गच्छदारले कैलालीको धनगढीमा सञ्चारकर्मीसँग माओवादी चुनावमा आउने सुनिश्चितता भए ४ मंसिरका लागि तोकिएको संविधानसभाको मिति सार्नेबारे समितिमा छलफल गर्न सकिने बताउनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.