राज्यले सुनेन व्यवसायीका माग
काठमाडौँ/ उपत्यकाको भक्तपुरबाट फैलिएको वर्डफ्लु तथा त्यसको
रोकथामका लागि भएको सरकारी प्रयास तथा क्षतिपुर्तिका सम्बन्धमा अष्ट ज
अभियान नेपाल उपत्यका सघर्ष समितिले आज पत्रकार सम्मेलन गरेर सरकार तथा
सम्बन्धित पक्षको गंभिर ध्यानाकर्षण गराएको छ ।
कुखुरा पालन व्यवसायमा वर्डफ्लुको प्रभाव फैलंदै गएपछि एकातिर सर्वसाधरण आतंकित भएको र अर्कोतिर राज्यको तर्फबाट जथाभावी रुपमा बिना जानकारी र बिना सुचना कुखुरा मात्र नष्ट गर्ने काम भैरहेको समितिले दबाव दिएको हो । अन्य पन्छी तथा कुखुराको सुलीको व्यवस्थापनमा पशु सेवा कार्यलयको उदासिनताले कुखुरा व्यबसायीमा थप आतंक श्रृजना भएको महशुस भएको भन्दै समितिले सरकारको तिव्र आलोनचा समेत गरेको छ । सरकारको यस्तो कार्यप्रति पिडित कुखुरा व्यवसायीहरुको गम्भिर आपत्ति जनाउदै समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
अष्ट ज अभियान नेपाल र उपत्यका संघर्ष समितिको आयोजनाका बोष्टर मिडिया हलमा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा व्यवसायिहरुले सरकारले आफ्ना माग प्रति उदासिनता देखाएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको बताएका छन् । बर्डफ्लु रोगको ठोस पहीचान र कुन श्रोतबाट बर्डफ्लु भित्रिएको हो सो को जानकारी गराउन बर्डफ्लु पीडित उपत्यका किसान संघष समितीले सरकार समक्ष माग गरेको छ ।
समितिले पीडित व्यवसायीहरुको क्षतिको विवरणअनुसार सत प्रतिशत क्षतिपुर्तिको व्यवस्था गरिनुपर्ने, स्वस्थ कुखुरा र अन्य पन्छिहरुलाई बैज्ञानिक तरिकाले संरक्षण गरिनुपर्ने, बिस्थापित कुखुरा व्यबसायीलाई पुन स्थापित गर्न सरकारी अनुदान तथा पन्छि बिमाको नियम लागु गरिनुपर्ने तथा सहुलीयत व्याज दरमा वितिय संस्थाहरु मार्फत कृषि क्रृण तुरुन्त उपलव्ध गराईनुपर्ने लगायतका सर्तहरुसरकार समक्ष राखेको छ ।
आफ्ना सर्तहरु ३ दिन सम्ममा लागु नभएमा थप संघर्षका कार्यक्रम सहीत दशै तिहारमा कुखुराको मासु ठप्प बनाउने र बन्दका कार्यक्रम समेत गर्ने समितिले चेतावनी दिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.