पछिल्ला सामग्री :
चुनाव सार्न सकिन्छ : कांग्रेस

काठमाडौं/  नेपाली कांग्रेसले नेकपा–माओवादीले चुनावमा आउने स्पष्ट प्रतिबद्धता जनाए चुनाव केही पर सार्न सकिने जनाएको छ । 
 
शनिबार विहान पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको कांग्रेस नेताहरुको बैठकले नेकपा–माओवादी चुनावमा आए मंसिरकै अन्तिमसम्म चुनाव गर्न सकिने निष्कर्ष निकालेको हो । 
 
बैठकमा नेताहरुले अझै केही चरण छलफल गर्न तयार रहेको भन्दै एक÷दुई हप्ता निर्वाचन पर सार्न सकिने जनाएका थिए । 
 
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले मंसिरभित्रै चुनाव गर्ने गरी अन्य कार्यतालिका परिवर्तन गर्न सकिने बताए । ‘चुनाव केहीदिन पर सार्न सकिन्छ’ निधिले भने ‘तर वैद्यजीहरु चुनावमा सहभागी हुने ग्यारेन्टी हुन पर्यो ।’
 
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराउन पनि आग्रह गरेको छ । दल दर्ता, दलीय छलफललाई सँगै अगाडि बढाएमा चुनाव मंसिर  भित्रै गर्न सकिने कांग्रेसको निष्कर्ष छ । 
 
शुक्रबार राष्ट्रपति सहितको १९ दलहरुको छलफलमा नेकपा–माओवादीले प्रस्तुत गरेको ४बुँदे प्रस्तावबारे बैठकमा कुराकानी भएको थियो । माओवादीले प्रस्तुत गरेको ४ बुँदे प्रस्तावमा संविधानसभा चुनावमा  सहभागी हुनेबारे कुनै प्रतिबद्धता नभएको भन्दै विश्वास गर्ने वातावरण नबनेको कांग्रेसले जनाएको छ । 
 
कांग्रेसले संविधानका अन्र्तवस्तुबारे पनि दलहरुबीच छलफल गर्न सकिने जनाउँदै ‘अन्त्यहिन गन्तव्य’को लागि गोलमेच सम्मेलन गर्न नसकिने जनाएको छ । उच्चस्तरीय राजनीतिक समितिसँगै अन्य दलहरुलाई पनि राखेर छलफल गर्न भने सकिने कांग्रेसको भनाई छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.