पछिल्ला सामग्री :
६० वर्षीय मनबहादुरले सात वर्षीयालाई छाडेनन्

नवलपरासी/ आफ्नो नातिनीसमानकी सात वर्षीया एक बालिकालाई नवलपरासीको दुम्कीबास–९ का मनबहादुर परियारले बलात्कार गरेका छन् । मनबहादुरलाई इलाका प्रहरी कार्यालय दुम्कीबासले भने मंगलबारै पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।

घरमा कोही नभएका वेला मंगलबार दिउँसो मनबहादुरले बालिकालाई बलात्कार गरेका थिए । बालिकाका आफन्तले भने प्रहरीमा साँझ उजुरी दिएपछि उनलाई पक्राउ गरिएको छ ।

अहिले बालिकाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.