पछिल्ला सामग्री :
चुनावीसभामै दुई माओवादीको झडप

दैलेख/ एमाओवादीको चुनावीसभालाई नेकपा–माओवादीका कार्यकर्ताहरूले बिथोल्न खोजेपछि दुवै पक्षबीच झडप भएको छ ।

एमाओवादी क्षेत्र नं. २ को सिँगौडी ५ घुम्तीडाँडामा भएको चुनावीसभा मोहन वैद्य समूहका कार्यकर्ताहरूले बिथोल्न खोजेका थिए । २५ जनाको समूहमा आएको समूहले सभा बिथोल्न खोजेपछि दुवै पक्षबीच आधा घन्टा झडपसमेत भएको थियो ।

नेकपा–माओवादीका कार्यकर्ताले पर्चा, पम्प्लेट, माइक लुटेर लगेका छन् भने ब्यानर च्यातेर फालिएको एमाओवादीले जानकारी दिएको छ । प्रहरीले सुरक्षाका लागि थप बल सिँगौडीतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.