पछिल्ला सामग्री :
असाहय तथा अनाथ बालबालिकाहरूलाई एचडिएनपीको सहयोग (फोटो फिचरसहित)

काठमाडौं/ अमेरिकामा बस्दै आएका नेपालीहरूले पशुपतिमा रहेका असाहायहरूलाई सहयोग गरेको छ । अमेरिकामा नेपाली संस्थाले स्थापना गरेको एचडिएनपी संस्थाले पशुपतिमा रहेका सयभन्दा बढी असायहरूलाई जाडोमा प्रयोग हुने लत्ताकपडाका साथै खानेकुरा तथा फलफूल वितरण गरेको हो ।


यस्तै कुपन्डोलमा रहेको पापाज होममा आश्रित २० जना बालबालिकालाई पनि एचडिएनपीले जाडोका लागि कपडा तथा खानेकुरा सहयोग गरेको छ । अमेरिकामा बस्दै आएका नेपालीले एक–एक डलर दिएर जम्मा भएको रकमले नेपालमा रहेका असाहयहरूलाई सहयोग गर्ने संस्थाले जनाएको छ । संस्थाले प्रत्येक महिनाको दुईपटक नेपालभित्र रहेका संस्थाहरूमार्फत सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।



सहयोग वितरण गर्दै संस्थाका संस्थापक देवी आचार्यले विदेशमा रहेर मातृभूमिको सेवा गर्न पाउँदा आफू हर्षित भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीको सहयोगबाट नेपालमा सामाजिक सेवा गर्ने लक्ष्य रहेको पनि बताउनुभयो । संस्थाले यसअघि पनि पटकपटक अनाथ बालबालिकाका लागि विभिन्न सहयोग प्रदान गरेको थियो ।


IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.