पछिल्ला सामग्री :
‘माओवादीलाई संविधानसभामा ल्याउन सकिन्छ’

डडेल्धुरा/ नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले निर्वाचनपछि संविधान संशोधन गरेर भए पनि नेकपा–माओवादीलाई संविधानसभामा ल्याउने विकल्प खुला रहेको बताउनुभएको छ ।

गृहजिल्ला डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दै देउवा नेकपा–माओवादीसहितका दललाई संविधानसभाको निर्वाचनमा ल्याउन आफूले अन्तिम समयसम्म प्रयास गरेको दाबी गर्दै नेता देउवाले अब बन्ने संविधानसभाले असन्तुष्ट दलको भावनालाई पनि समेट्नुपर्नेमा जोड दिनुभयो ।

‘उहाँहरू पनि एउटा शक्ति र पार्टी त हो,’ देउवाले भन्नुभयो, ‘उहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, हामी उहाँसँग सरसल्लाह गरेर नै संविधान बनाउने छौँ ।’ निर्वाचनपछि संविधान संशोधन गरेर पनि माओवादीलाई संविधानसभामा ल्याउने विकल्पमा छलफल गर्न कांग्रेस तयार रहेको देउवाले उल्लेख गर्नुभयो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.