पछिल्ला सामग्री :
‘यस्तै छ पूर्वेली संसार’म्युजिक भिडियो बनाउने तयारी (भिडियोसहित)

काठमाडौ/ नेपाली गीतसंगीतलाई नजिकबाट नियालेका गायक, गीतकार तथा संगीतकार शिवराज गुरुङ आफ्नै निर्देशनमा नया म्युजिक भिडियो बनाउने तयारीमा जुटेका छन।

‘यस्तै छ पूर्वेली संसार’ बोलको गीतको म्युजिक भिडियोलाई नेपाली श्रोता दर्शकमाझ छिट्टै नै ल्याउने तयारीका साथ गायक गुरुङ म्युजिक भिडियोको तयारीमा जुटेका हुन।

करीब ११ वर्षे सांगितिक यात्रा पार गर्दै आएका गायक गुरुङले अहिले तीन वटा गीत (पूर्वेली संसार, किराँती अनि हिरो ) बोलको भिडियोको निर्देशन गर्ने तयारीमा तथा गीतको प्रोमोशनमा जुटिरहेको बताए। गायक गरुङका अनुसार उक्त गीतहरुको छाँयाङकन राजधानी लगायत पुर्वेली परिवेशको रमणीय दृश्यमा खिचिनेछ।

यसका साथै तीन वटै गीतहरु ‘यस्तै छ पूर्वेली संसार’, किराँती अनि हिरोको रेकर्डिङ भने रिवेल रेकर्डिङ स्टुडियोमा गरिसकेको गायक गुरुङले जानकारी दिए।

IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.