पछिल्ला सामग्री :
‘कांग्रेसको जितलाई कसैले रोक्दैन’

सुर्खेत/ नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । शनिबार कांग्रेस, निर्वाचन क्षेत्र नं. २ सुर्खेतले वीरेन्द्रनगरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै सभापति कोइरालाले ४ मंसिरको संविधानसभा निर्वाचनमा कांग्रेसलाई जनताले पहिलो शक्ति बनाउने दाबी गरेका हुन् ।

‘कांग्रेसको जितलाई अब कसैले रोक्न सक्दैन,’ उनले भने, ‘तपाईंहरू ढुक्कका साथ भोट हाल्न जानुहोस् ।’ मंसिर ४ गते ढुक्क भएर मतदान केन्द्रमा पुगी मतदान गर्न भन्दै देशैभर कांग्रेस अगाडि रहेको दाबी गरे । देशैभर एमाओवादी प्रतिस्पर्धी भएको भन्दै सभापति कोइरालाले अबको निर्वाचनपछि पार्टीको बहुमत आए पनि नआए पनि संविधान निर्माण गर्ने बताए ।

यसैबीच कांग्रेसले सभाअघि निकालेको र्‍यालीलाई सम्बोधन गर्दै पार्टीका सह–महामन्त्री तथा सुर्खेत १ का उम्मेदवार पूर्णबहादुर खड्काले कम्युनिस्टहरूको बाहुल्यता रहेकाले अघिल्लो संविधानसभाबाट संविधान नबनेको दाबी गर्दै अब त्यो अवस्था नरहने दाबी गरे । ‘अघिल्लो निर्वाचनमा ६० प्रतिशत बढी कम्युनिस्ट विजयी भएका थिए,’ उनले भने, ‘यही कारणले संविधान बन्न सकेको थिएन, तर अहिले कम्युनिस्टको त्यो अवस्था पनि कायम रहँदैन ।’

बृहत् र्‍यालीसहित सुरु भएको कार्यक्रममा सुर्खेत २ का कांग्रेस उम्मेदवार हृदयराम थानी र ३ का उम्मेदवार तप्तबहादुर विष्टलगायतले आफ्नो भनाइ राखेका थिए ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.