पछिल्ला सामग्री :
डिसीमा नलिनाले स्वर सम्राटलाई सम्झना गराईन (भिडीयोसहित)

विजय थापा ,भर्जिनिया/अमेरिकाको डिसीमहानगर क्षेत्रमा मंगसिर ३० गते डिसी महानगर क्षेत्रका नेपाली समुदायको आयोजनामा नेपालकि चर्चित गायिका नलिना चित्रकार एकल सांस्कृतिक साँझ सम्पन्न गरेको छ l यस कार्यक्रमका संयोजक तथा उक्त चमेना गृहका संचालक लोकनाथ तिवारीले कलाकार देशका गहना हुन् र हामीले कलाकारलाई सम्मान गर्न सक्नु पर्छ भन्दै यो कार्यक्रमको आयोजना गरेको बताए l


गायिका नलिना चित्रकारले आफ्ना गीतहरु प्रस्तुत गर्नु अगाडी प्राय आफुले गायत्री मन्त्रबाट प्रस्तुति गर्ने गरेको बताउदै यस्ले सबैको कल्याण गर्ने छ भन्दै दर्शकहरुको सुस्वास्थ्य तथा प्रगतिको कामनाको साथ गायत्री मन्त्रबाट सांस्कृतिक साँझ सुरु गरेकी थिइन् l

उनीले ८-१० वटा गीत प्रस्तुत गरेको थिइन् भने सांस्कृतिक साँझमा स्व :स्वर सम्राट नारायण गोपाललाई सम्झना गर्दै र सम्मान अर्पित गर्दै ''केहि मिठो बात गर '' प्रस्तुत गर्दा दर्शकको प्रसंशा पाएकी थिइन् l उनको गीत प्रस्तुति संगै दर्शकलाई नचाउने क्षमता भएकोले उनका चर्चित तथा मिश्रित गीत प्रस्तुत गर्दा दर्शकहरु उनिसंगै लयमा लय र तालमा ताल मिलाउदै झुम्दै नृत्यमा साथ दिएका थिए l

आफु नेपाल आउने जाने गरि रहने बताउदै नया गीत अल्बम बाट  ''नया गीत ''प्रस्तुत पनि गरेकी थिइन् भने उक्त कार्यक्रममा बिदेशीहरु समेत गीत सुन्न आएका थिए l नजिकका राज्यहरु ,डिसी ,भर्जिनिया ,म्यारिल्याण्ड , पेन्सिल्वेनिया तथा कार्यक्रम हेर्न मात्र न्युयोर्कबाट पनि उन्का प्रशंसकहरु आएका थिए l 
श्रब्य दृश्य सहित (भिडियो )
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.