कतारमा चम्किँदै विजय
भोला थापा क्षेत्री,दोहा / मकवानपुर हेटौँडा–१० घर भई हाल कतारमा रोजगारीका लागि आएका विजय श्रेष्ठ अहिले चर्चामा छन् । विगत पाँच वर्षदेखि स्थानीय कम्पनीमा कार्यरत विजयले आरम्भ नाट्य डबलीसँग पनि जोडिएका छन् । उनले केही वर्षअघि फोर डब्लु आफ्नै बाटोहरू नामक लघु चलचित्रमा यहाँका नेपाली कामदारको भूमिको समेत अभिनयमा आफूलाई अब्बल दर्जामा दराएका छन् । यस्तै विजयले भर्खरै मात्र ‘न्यु फेस विथ यू’ नामक म्युजिक भिडियोमा समेत अभिनय गर्न भ्याएका छन् ।
उक्त भिडियोको निर्देशन कतारमा रहेका निर्देशक भविन्द्र तामाङले गरेका हुन् भने छायांकन वसन्त राईले गरेका हुन् । आफ्नो कामबाट बचेको समयलाई कला क्षेत्रमा प्रयोग गरिरहेका विजय आफूलाई भाग्यमानी भएको बताउँछन् । उनी अहिले कतारमा एक उदयीमान कलाकारका रूपमा देखिएका छन् ।
विजयले आगमी दिनमा पनि कलालाई निरन्तरता दिने बताउँदै नेपाली कलालाई प्रवासमा पनि चम्काउने ध्याउन्नमा छन् । यस्तै भर्खरै मात्र रोहन कार्कीको शब्द, संगीत तथा स्वर रहेको भन्छौ भनि तिमीलाई बोलको गीतमा समेत विजयले अभिनय गरेका छन् । यसले त झन् उनी प्रवासमा चर्चित बनेका छन् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.