पछिल्ला सामग्री :
अनेरास्ववियुको एमालेलाई ध्यानाकर्षण

काठमाडौं/ अनेरास्ववियुले विभिन्न ६ बुँदे माग राखेर एमाले पार्टी अध्यक्ष झलनाथ खनाललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
अखिलले पार्टीका प्रभावशाली नेतालाई हराउन जिम्मेवार व्यक्ति लागेको भन्दै उनीहरूलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।

यसैगरी ६० प्रतिशत युवा नेतालाई समानुपातिकबाट संविधानसभामा लैजानुपर्ने, एक नम्बर पार्टी बनाउन नेता र जनताबीचको सम्बन्ध समधुर बनाउनुपर्ने, एक वर्षमा संविधान जसरी पनि बनाउनुपर्ने, शिक्षा स्वास्थ्य रोजगारीका लागि पार्टीले व्यावहारिक रूपमै लाग्नुपर्नेजस्ता कुराको ध्यानाकर्षण गराएका छन् ।

अनेरास्ववियु महासचिव नविना लामाका अनुसार ६ बुँदे मागसहितको ध्यानाकर्षणपत्र बुझ्दै शनिबार अध्यक्ष खनालले सकारात्मक रहेको र यो ध्यानाकर्षणले पहिलो पार्टी हुन सघाउ पुग्ने बताएका थिए ।

अध्यक्ष खनालले अखिलले गराएको ध्यानाकर्षणमा गम्भीर रहेको र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गर्ने आश्वासन दिएका थिए ।

IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.