कतारमा काँग्रेसको बनभोज कार्यक्रम (फोटो फिचर सहित)
मोहम्मद अजिज अलि, दोहा/ नेपाली जनसम्पर्क समिति कतारको चौथो बृहत बनभोज तथा बिजय उत्सब कार्यक्रम गत शुक्रबार २९ नोभेम्बरका दिन समाल गार्डेनमा भव्यताका साथ सम्पन्न भएको छ l

अथितिहरुमा श्रीमती शुशिला पाण्डे, महासमिति सदस्य युबराज पाठक, महाधिवेशन प्रतिनिधि मोहम्मद शाकिर अलि, अर्जुन खड्का, निवर्तमान कार्यसमितिका बिशेष समन्वय समिती संयोजक राजेश दर्शन अर्याल, निवर्तमान उपसभापति भूपति भट्टराई, निवर्तमान महामन्त्री करिम बख्श मिया, सल्लाहकार तथा बिधान संसोधन संयोजक क्रान्ति सिंह, निवर्तमान कार्यसमिति सदस्य कुमार कार्की, भात्री संघठनका प्रमुखहरु मुस्लिम संघ जनसम्पर्क समिति, तरुणदल जनसम्पर्क समति, दलित संघ, इकाई समितिका सभापतिहरु लगायत पत्रकार महासंघका उपाध्यक्ष गणेश बन्जाडे, सचिब दिपक पुडासैनी, पत्रकार खगेन्द्र कार्की र चिरिन्जिवी तिमिल्सिना, ब्यबसायी बुद्धिजीवीहरु लगायत अधिवेशन प्रतिनिधिहरु सहित २५० जनाको उपस्थिति रहेको थियो l
कार्यक्रमको औपचारिक उद्घाटन ब्यानर अनावरण र राष्ट्रिय गान बाट सुरु गरिएको थियो १ मिनट ज्ञात अज्ञात सहिदहरु प्रति मौन धारण गरिएको कार्यक्रममा विभिन्न खाले सांगीतिक प्रस्तुतीहरुले अझै रौनक थपेको थियो देशभक्ति तथा काँग्रेसका बिजयी गित लोक दोहोरि लगायत नृत्य कलाकारहरुले पनि आफ्नो कला प्रस्तुत गरेका थिए उनिहरुलाई अतिथीहरु ले पनि नाचेर साथ दिएका थिए l
कार्यक्रममा राष्ट्रियता लोकतन्त्र र समाजवादलाइ जनसम्पर्क समिति कतारमा आवद्द रहेर पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै प्रमाण पत्र र प्रशंसा पत्रले सम्मान गरिएको थियो l
एल्बमको बिमोचन
नेपाली जनसम्पर्क समिति कतारको बनभोज कार्यक्रममा गायिका इन्दिरा शाहको गीति एल्बम पनि बिमोचन गरिएको छ कार्यक्रमका प्रमुख अतिथी, बिशेष अतिथी र अतिथीहरुले सिडीलाइ अनावरण गरि बिमोचन गर्नु भएको थियो भने गायिका इन्दिरा शाहले एल्बमकै गित गाउदै उक्त एल्बमको बिमोचन गर्न कार्यक्रममा अवसर जुटाई दिएकोमा जनसम्पर्क समितिलाइ धन्यवाद दिनु भएको थियो l
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.