पछिल्ला सामग्री :
आक्रमणप्रति महासंघको आपत्ति


भोला थापा क्षेत्रीदोहा/ राजधानी दैनिकका समाचार सम्पादक गणेश बस्नेतमाथिको आक्रमणप्रति नेपाल पत्रकार महासंघ कतार शाखाले आपत्ति जनाएको छ ।



ललितपुरको कुपन्डोलस्थित राजधानी दैनिकको कार्यालयबाट पत्रिकाको कामसकेर घर फर्कने क्रममा महासंघका सभासदसमेत रहेका बस्नेतमाथि भएको आक्रमणप्रति महासंघ कतार शाखाले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको जनाएको हो । 



बस्नेतमाथि १४ बैसाखको राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा बा.८च ४७०६ नम्बरको गाडीले पिछा गरी हत्या गर्ने प्रयास गरेको थियो । बस्नेत चढेको बा.१०प ४०६८ नम्बरको मोटरसाइकललाई थापाथली पुग्नेबित्तिकै चोकमा रोकिराखेको रातो प्लेटको उक्त गाडीले पिछा गरेर हत्या प्रयास गरेको थियो । 



मोटरसाइकलमा पछाडि बसेका अर्का राजधानीकर्मी भीम राई रहेका कारण उक्त गाडीले तेस्रोपटक ठक्कर दिने क्रममा मोटरसाइकल पेटीमाथि चढाएर आफू बाँच्न सफल भएको बस्नेतले जनाएका छन् । 



नेपालमा प्रेस र पत्रकारमाथि हुने कुनै पनि प्रकारको धम्की तथा आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी काम होयस्ता घटनाले पत्रकारको पेसागत स्वतन्त्रता र सुरक्षामा मात्रै होइन जनताले सत्यतथ्य समाचर प्राप्त गरेर सुसूचित हुने अधिकारमाथि अंकुश लाग्न सक्छ,’ विज्ञप्तिमा उल्लेख छ ।



कतार शाखाले आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा सरकारले तत्काल कडा कार्वाही गर्नुपर्ने मागसमेत गरेको छ ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.