सहिद दशरथ चन्दको जीवनी...!

सहिद माइला भन्नाले दशरथ चन्द बुझिन्छ । उहाँको पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफि्टनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो । त्यसअघि उहाँले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढनुभयो । त्यहीबेला उहाँ काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाल्नुभयो ।
महात्मा गान्धीले भारतमा प्रारम्भ गर्नुभएको सत्याग्रहमा उहाँले सक्रियरूपमा भाग लिनुभएको थियो । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा उहाँ सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुग्नुभयो । त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाउनु भयो । उहाँ नेपाल प्रजापरिषद्को कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ सेवासिंह भन्ने छद्मनामबाट राणाविरोधी लेख छाप्नुहुन्थ्यो । दशरथ चन्द र गङ्गालाल एउटै जेलको कोठामा पर्नुभएको थियो ।
तत्कालीन राणासरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दियो । उहाँ अविवाहित नै सहिद हुनुभयो । दशरथका जेठा बुबा रवी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए । भाई ललित चन्द पनि २०५१ सालमा बिते । चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जानुहुन्थ्यो । दिदी, बहिनी, भाउजूहरूसँग ख्याल-ठट्टा गर्नुहुन्थ्यो ।
उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउनु हुन्थ्यो । मोही सहिद चन्दलाई खुब मनपर्थ्यो । बनारसमा स्नातक सकेर आउनुभएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा 'जुठो सुत्केरो' परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।
![]() |
1 comments
Write Down Your Responses
Thanks for Your comment.
September 7, 2009 at 9:44 PM
धेरै नयाँ जानकारी पाईयो। धन्यबाद! विर शहीद दशरथ चन्दमा श्रद्धाञ्जली!