पछिल्ला सामग्री :
चिसो ह्वात्तै बढेपछि ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…

फाइल फोटो ।
काठमाडौं । शनिबार उपत्यकामा यस वर्षको पहिलो हिउँदको वर्षासँगै चिसो ह्वात्तै बढेको छ । चिसोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । आइतबार राजधानी दिनभर चिसो बन्यो । राजधानीवरपरका केही क्षेत्रमा हिमपातसमेत भयो ।

काभ्रेको ढुङ्खर्क काठमाडौंको चन्द्रगिरि डाँडो, नगरकोटका केही क्षेत्रमा हिमपात भयो । केही युवायुवती हिउँमा खेलेको, हिउँको डल्लो समातेको तस्बिरहरू दिनभर सामाजिक सञ्जालमा पोस्ट भइरहे । सोमबार राजधानीमा घाम लागे पनि तुलनात्मक रूपमा चिसो बढेको छ । मौसम धुम्मिएको अवस्थामा छ ।

बानेश्वरका वीरेन्द्र पौडेल भन्छन्, ‘काठमाडौं यस्तै हो, २ महिना चिसोले सताउँछ ।’ चिसोले भक्तपुरमा रहेका भूकम्पपीडितहरू पनि प्रभावित बनेका छन् । यस्तै ग्रामीण क्षेत्रका विपन्नलाई पनि चिसोले प्रभाव पारेको छ । ठाउँठाउँमा सामूहिक जम्मा भई दाउरा बालेर आगो ताप्नेको झुन्ड काठमाडौंमा पनि देखिन पाइन्छ । विशेषगरी चिसो मौसममा अस्पतालमा बिरामीको चाप बढ्छ । चिसोजन्य रोगबाट पीडितहरूको चाप अस्पतालमा बढेको डाक्टरहरू बताउँछन् । अस्पताल स्रोतका अनुसार रुघाखोकी, निमोनियाँलगायत संक्रमण भएकाहरूको चाप बढेको छ ।

तराईतिर शीतलहर सुरु भइसकेको छ । शीतलहरले मानिसँगै पशुपक्षीलाई समेत उत्तिकै प्रभाव पारेको छ । भक्तपुरको सानो व्यासीमा रहेको भूकम्पपीडितको अस्थायी टहरामा बस्ने पीडित चिसोले बस्नै गाह्रो भएको बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्पपीडित चिसोले बिरामी पर्ने अवस्थामा पुगेका छन् । भूकम्पपीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।

भूकम्पपीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायत समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्प प्रभावितहरू भत्किएको घर जसरी भए पनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।

चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङलगायत हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौंलगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनः उकालो लाग्नेछन् ।

चिसोको मौसममा सबैले स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफा तातो पानी खाने, झोलिलो खानेकुरा र न्यानो भएर बसे चिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।

शम्भु रेग्मी

IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.