सहिद गंगालाल श्रेष्ठको जीवनी...!

आफ्ना काकासँगै भारतको कलकत्तामा बसी २-३ बर्ष पढेपछि उहाँ काठमाडौँ फर्किनु भयो । वि.सं. १९९४ मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो । गंगालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे ।
राणासरकारले गंगालाललाई शुक्रराजको सभामा-वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा- राणाशासनविरुद्ध बोलेबापत पक्राउ परि छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणाविरोधी गतिविधिमा सक्रिय हुनुभयो । प्रजापरिषद्को गतिविधिमा लागेबापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्यो ।
उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगेर बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो । उहाँ विवाहित हुनुहुन्थ्यो । पत्नीको नाम हसिनादेवी हो ।
![]() |
1 comments
Write Down Your Responses
Thanks for Your comment.
September 7, 2009 at 9:45 PM
लेखका लागि धन्यबाद! विर शहीद गंगालालमा श्रद्धाञ्जली!