नेपालमै पहिलोपटक आर्कब्रिज निर्माण गरिने
![]() |
काठमाडौंको शान्तिनगरनजिकैको वाग्मतीमाथि आर्कब्रिज निर्माण गरिँदै । |
यसैक्रममा नेपालमै पहिलोपटक आर्कब्रिज निर्माण गरिने भएको छ । त्यो पनि एउटा होइन ४ वटा । काठमाडौंमा निर्माण गरिने आर्कब्रिज दुईवटा पुलमा २/२ वटाका दरले ४ वटा निर्माण गरिन लागिएको हो । पुलको भार त्यसमा जोडिएको तार हुँदै ‘आर्क’ माथि र मुख्य पिलरमा पर्ने प्रविधिबाट निर्माण हुने भएकाले यसलाई आर्कब्रिज भनिएको हो ।
‘नेटवर्क आर्क ब्रिज’ भनिने यस किसिमको पुल विदेशमा निकै लोकप्रिय मानिन्छ । धेरै विदेशी राष्ट्रमा यसको निर्माण भएर सञ्चालन भइरहेको अवस्थामा भने नेपालमा पहिलोपटक निर्माण थालिएको हो ।
पुलको निर्माण काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले गर्न थालेको हो । पुल तीनकुनेको वाग्मती र बिजुलीबजारको धोबीखोेलामाथि निर्माण गरिन लागिएको हो । अहिले यी दुवै स्थानमा पुल निर्माणको काम धमाधम भइरहेको छ ।
तीनकुनेदेखि माइतीघर जोड्ने सडकको भित्तापट्टि सवारी चाप बढी हुने लेनमा जोडिने गरी पुल निर्माण हुँदै छ । अहिलेको पुलको दायाँबायाँ दुवैतिर तीन लेनका १२ मिटर चौडा सडक हुने आयोजनाले जनाएको छ । पुलमाथि फुटपाथसमेत हुनेछ । पुल बनेपछि सडक पनि साबिकभन्दा २४ मिटर फराकिलो बन्नेछ ।
धोबीखोलामा बनिरहेको पुलको लम्बाइ ५० दशमलव ३ मिटर हुनेछ । यस्तै शान्तिनगरनजिकको वाग्मतीमाथि बन्ने पुलको लम्बाइ ८५ दशमलव २२ मिटर हुने आयोजनाले जनाएको छ । आरसीसी (रेनफोर्स सिमेन्ट कंक्रिट) प्रविधिबाट बनाइने पुलको निर्माण सम्पन्न २०७५ पुस मसान्तभित्र भइसक्नेछ ।
पुलले राजधानीको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनुका साथै सौन्दर्यसमेत बढाउनेछ । यस किसिमको पुल निर्माणका लागत अन्यको भन्दा सस्तोसमेत पर्न जान्छ । पुलले राजधानीको आकर्षणसँगै पर्यटकसमेत लोभ्याउने आयोजनाको दाबी छ ।
- शम्भु रेग्मी
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.