सहिद शुक्रराज शास्त्रीको जीवनी...!

उच्च श्रेणीमा संस्कृतमा शास्त्री उत्तीर्ण गरेकाले उहाँलाई 'शास्त्री' भनिएको हो । शास्त्रीले भारतको इलाहाबादस्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवियसँग काम गर्नुभएको थियो । पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेपछि उहाँ नेपालमा पस्नुभयो ।
नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका ज्ञाता स्व. शास्त्रीका ६ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । ब्रह्मसूत्र शाङ्कर भाष्य, स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत प्रदीपलगायत उहाँका थुप्रै पुस्तक प्रकाशित छन् । काठमाडौँ आएपछि क्रान्तिकारीहरूसँग उहाँको सम्पर्क भयो । वि.सं. १९९३ मा 'नागरिक अधिकार समिति' मा बसी राणा विरोधी अभियानमा लाग्नुभयो ।
सहिद शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उहाँलाई राणा सरकारले नजरबन्द गर्यो । नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले वि.सं. १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उहाँको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गर्नुभएको थियो ।
त्यसपछि राजद्रोहको अभियोग लगाई उहाँलाई पक्राउ गरी तीनवर्षे कैद सुनाइयो । आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो १०-११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.