पछिल्ला सामग्री :
पृथ्वीनारायण शाहको जीवनी...!

पृथ्वीनारायण नेपाल एकीकरणको अभियान सुरु गरेका हुन् । पृथ्वीनारायण शाहको जन्म वि। सं। १७७९ साल पौष २७ गते गोरखाका राजा नरभूपाल शाहको माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिनामा भएको थियो ।

उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपुर्ण थिए । पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि।सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो ।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए । राजा हुनुअगावै उनले काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन आदि राम्रोसँग अध्ययन गरिसकेका थिए । पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी गोत्रसमेत परिवर्तन गरे । उनले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् ।

तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए । पृथ्वीनारायण जति वीर थिए त्यति नै उनी वीरहरूको कदर गर्न जान्दथे । राजकीय व्यवहारमा कूटनीति, सरलता र दया उनका विशेषता थिए, तर दया र सरलतालाई उनले कमजोरीका रूपमा कसैलाई उपयोग गर्न दिएनन् ।

नेपालको इतिहासका शीर्षस्थ पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा देहत्याग गरे ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.