पासाङ ल्हामु शेर्पाको जीवनी...!

सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन । २०५० साल वैशाख १० गते दिउँसो २।१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन । आरोहणपछि फर्किने क्रममा पासाङको निधन भयो । मृत्युपश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो ।
उनको तस्वीर अंकित हुलाकटिकट प्रचलनमा ल्याइयो । पूर्वी नेपालको नाम्चे गाउँ विकास समितिअन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो । सरकारले २०५९ साल वैशाख १० गते पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय विभूति घोषणा गर्यो । उनलाई राष्ट्रिय विभूति घोषणा गरेपपछि नेपालका राष्ट्रिय विभूतिको संख्या १५ पुगेको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.