पछिल्ला सामग्री :
सहिद धर्मभक्त माथेमाको जीवनी...!

सहिद धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोजमा काठमाडौँको ओमबहालमा भएको थियो ।

बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो । त्यही कारणले धर्मभक्तले दार्जिलीङमा शिक्षा आर्जन गर्नुभयो । केही समय कलकत्तामा पनि पढनुभयो । शरिर दुब्लो भएकाले व्यायाम गर्न थाल्नुभयो । बङ्गालको शारीरिक व्यायामशालाबाट उहाँ बङ्गाल च्याम्पीयन भएर नाम कमाउनुभयो । बङ्गाल अंग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उहाँलाई राजनीतिको ज्ञान मिल्यो । उहाँको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई श्री ३ जुद्ध शमशेरले निर्वासित गरिदिए ।

वि।सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो र उहाँले भारतको स्कटिस चर्च कलेजबाट आई.ए.उत्तीर्ण गर्नुभएको थियो । वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो । पछि चन्द पनि प्रजापरिषद्को संस्थापक सदस्य हुनुभयो ।

उहाँले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित होइबक्स्यो । उहाँ स्व. श्री ५ त्रिभुवनका व्यायामशिक्षक हुनुभयो ।उहाँले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गर्नुभएको थियो । प्रजापरिषद् र श्री ५ त्रिभुवनका बीचमा उहाँबाटै सम्पर्क भयो । लैनचौरमा श्री ५ र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए । धर्मभक्तलाई पक्राउ गरियो । वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.