हस्तरेखा : आफ्नो भविष्य
आफ्नो भविश्वबारे जान्ने कौतुहलता संसारका
सबै आस्तिक वा नास्तिक मानिसमा देखिएको छ । ‘यो अन्धविश्वासमा विश्वास
गर्दिनँ’ भनेर फलाक्दै अगाडिको मानिसले भविष्य बताइदेला भन्ने आशामा हात
फैलाउने प्रवृत्ति अत्यन्तै व्यापक देखिन्छ । अनुवादकको अनुभवमा हस्तरेखा
एउटा प्रामाणिक विद्या हो । तसर्थ आम पाठकले आफ्नो भविष्य आफैंले केलाउन
सकुन् भन्ने उद्देश्यले प्रस्तुत गरेका छौँ ।
नरम र कडा हातहरू
सामान्य हात मिलाउने कामले पनि व्यक्तिको चरित्रबारे निक्र्याेल गर्न सकिन्छ । अभिवादनका क्रममा तपाइँ कसैसँग हात मिलाउँदै हुनुहुन्छ र ती व्यक्तिका हात तपाईबाट चिप्लिँदै छ वा छुट्टिन खोज्दै छ जस्तो तपाईंलाई लाग्यो भने सावधान हुनोस् । ती व्यक्ति कपटी हुन सक्छन् वा तपाईंलाई धोखा दिन उद्यत हुन सक्छन् । तीनको ओठमा मीठो मुस्कान हुन सक्छ, तर तिनले तपाईंलाई आफ्नो शिकार ठानिरहेको हुन सक्छ र तीनले तपाईंलाई फगत आफ्नो हितका लागि मात्र प्रयोग गर्नेछन् ।
सामान्य हात मिलाउने कामले पनि व्यक्तिको चरित्रबारे निक्र्याेल गर्न सकिन्छ । अभिवादनका क्रममा तपाइँ कसैसँग हात मिलाउँदै हुनुहुन्छ र ती व्यक्तिका हात तपाईबाट चिप्लिँदै छ वा छुट्टिन खोज्दै छ जस्तो तपाईंलाई लाग्यो भने सावधान हुनोस् । ती व्यक्ति कपटी हुन सक्छन् वा तपाईंलाई धोखा दिन उद्यत हुन सक्छन् । तीनको ओठमा मीठो मुस्कान हुन सक्छ, तर तिनले तपाईंलाई आफ्नो शिकार ठानिरहेको हुन सक्छ र तीनले तपाईंलाई फगत आफ्नो हितका लागि मात्र प्रयोग गर्नेछन् ।
एउटा नरम र मोटो हात एक जाँगर विहिन अल्छि मानिसको सूचक
हो । एउटा कठोर हात चाहिँ ऊर्जाशील भरपर्दा व्यक्तिको सुचक हो । अत्यन्तै
पातलो हातचाहिँ चुलबुले ऊर्जावान व्यक्तिको द्योतक हो । तर त्यो व्यक्ति
सँधै चिन्तित रहन्छ र सँधै नै असन्तुष्ट रहन्छ । चिसो र चिप्लो हात पनि
खराब स्वास्थ्यको सुचक हो । तर त्यस्ता व्यक्ति अत्यन्तै संवेदनशील हुन्छन् र व्यग्र पनि रहन्छन् ।
कुराकानीका
क्रममा आफ्ना मुठ्ठी कसेर बस्छन् भने त्यस्ता व्यक्ति विश्वासिला हुँदैनन्
। तिनमा आत्मविश्वासको कमी रहन्छ र त्यस्ता व्यक्तिमाथि भर गर्न पनि
सकिँदैन । यदि सबै औँला (विशेषत: औंलाहरू लामा छन् भने एक अर्कासँग
टाँस्सिएका वा च्यापिएका जस्ता छन् भने अथवा एक–अर्कासँग बेरिएका जस्ता
देखिन्छन् भने त्यसले त्यसका धारकको शंकास्पद चरित्रको बारेमा बताउँछ ।
त्यस्ता व्यक्तिहरू चोरीको प्रवृति वा सामान्य नैतिकताको अभाव पाइन्छ ।
याद
राखौँ – हातहरू दिमागको तत्काल र प्रथम सेवक हुन् । शरिरको कुनै अंगभन्दा
बढी हातहरूतर्फ दिमागबाट धेरै स्फूर्त र संवेदशील स्नायुहरू प्रवाहित
हुन्छन् । मानिस सुनिरहँदा होस् वा हिडिँरहँदा होस् हरदम अचेतन ढंगले नै
मानिसको आत्मा र दिमागका सोच र विचारहरूलाई तरंगित र प्रसारित गरिरहेका
हुन्छन् ।
यसैकारण, मानिसको हातका रेखाहरू नपढिकनै ती व्यक्तिको
चरित्रका बारेमा थाहा पाउन सकिन्छ । यसरी निकालिएको निष्कर्ष त्यस
व्यक्तिको मुहारबाट निकालिएको निष्कर्षभन्दा बढी भरपर्दा हुन्छ । ढंगले
परीक्षण गर्ने हो भने हर प्रकारका व्यक्तिका बारेमा थाहा पाउन सहायक र
महत्त्वपूर्ण हुन सक्छ ।
यसप्रकारका कैयन् उदाहरणहरू यो कितावको
अगाडिका अध्ययायहरूमा व्याख्या गरिएका छन् । यी प्रत्येक उदाहरणहरू मेरा
लामो पेसागत अनुभवमा सही सिद्ध भएका मात्र होइनन्, अपितू मेरा यी
उदाहरणहरूलाई बारम्बार परिक्षण र अध्ययन गरिनेछन् भन्ने पनि मलाई राम्ररी
थाहा छ । मलाई ‘सबैका लागि हस्तरेखा विज्ञान’ (पामिस्ट्री फर अल) को
अमेरिकी संस्करणका पाठकहरूसमक्ष प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसीको
अनुभव भइरहेको छ ।
(प्रस्तुत सामग्री प्रसिद्ध हस्तरेखाविद् किरोको
सन् १९१६ मा प्रकाशित पुस्तक ‘सबैका लागि हस्तरेखा विज्ञान’ (पामिस्ट्री फर
अल) को अनुवाद हो ।)
यो पनि हेर्नुहोस् ।
यो पनि हेर्नुहोस् ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.