‘एकाधिकारवाद भएको संविधान बन्न दिदैनौँ’
नुवाकोट/ एमाले नेता केपी शर्मा ओलीले एकदलीय एकाधिकारवाद भएको संविधान बन्न नदिने बताएका छन् ।
शुक्रबार विदुरमा भएको कार्यक्रममा नेता ओलीले माओवादीको एकलौटी अतिवादी संविधान लोकतान्त्रिक शक्तिले अस्वीकार गर्दा संविधानसभा भंग भएको बताए । ‘एक दलीय एकाधिकारवाद भएको संविधान बनाउन दिदैनौँ,’ ओलीले भने, ‘माओवादीको छाप लागेको संविधान भनेको राणाशाहीको प्रेत हो, हामी आउन दिने छैनौँ ।’
नेता ओलीले आफ्नो राजनीतिक स्वार्थका लागि संविधान बन्न नदिने नीतिअन्तर्गत नै माओवादीले विगतमा जातीयता र क्षेत्रीयताको नारा उचालेर देशलाई विखण्डित पार्ने प्रयाससम्म गरेको आरोप लगाए । ‘क्षेत्रीयतावादको नाममा र मधेस–पहाडको नाममा मुलुकलाई विखण्डन बनाउने दुस्प्रयास गर्दै छन्,’ नेता ओलीले भने, ‘एकदलीय व्यवस्था ल्याउन खोज्ने एकीकृत नेकपा–माओवादी नेतृत्वको गठबन्धन आपराधिक गठबन्धन हो ।’

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.