‘चुनावप्रति सकारात्मक धारणा राखौँ’
काभ्रे/ अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको चुनावमा सकारात्मक धारणा र आशावादी सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालयको ६३औँ सिनेट बैठकमा अध्यक्ष रेग्मीले इतिहासको कुनै कालखण्डमा असफलताको अवस्था आउँदैमा मुलुकका सबै कार्य अवरोध नहुने स्पष्ट पारे ।
संविधान निर्माण हुन नसकेर विगतको संविधानसभा औचित्यहीन भएकाले आमजनतामा नैराश्यता छाएको बताउँदै रेग्मीले भने, ‘मलाई के लागेको छ भने, इतिहासको कुनै कालखण्डमा केही असफलताको अवस्था आउँदैमा हाम्रा सबै कार्य अवरुद्ध भएको बुझ्नु हुँदैन ।’
उनले इतिहासमा भएका गल्तीबाट पाठ सिक्दै भूलसुधार गरेर अगाडि बढ्ने बताएका छन् । सो अवसरमा शिक्षामन्त्री माधव पौडेल, उपकुलपति डा. रामकण्ठ माकजू, संस्थापक कुलपति डा. सुरेशराज शर्मालगायतले विश्वविद्यालयको शैक्षिक गतिविधिबारे बोलेका थिए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.