फलोअप :: तरुनो चाहिएको सूचना !
काठमाडौं/ बहुचर्चित उपन्यास रक्तकुण्डका लेखक कृष्ण अविरलले आफ्नो नयाँ उपन्यास ‘विषपुरुष’का लागि तरुनो आवश्यकताको सूचना जारी गरेका छन् । उनले आफ्नो फेसबुकमार्फत प्रकाशोन्मुख उपन्यासका लागि एक पुरुष मोडेल खोजेका हुन् ।
यसअघि उनले ‘विषपुरुष’ उपन्यासको कभरमा एक चिनियाँ वेबसाइटबाट हुबहु कपी गरेर ल्याएको समाचार नेपाली दर्पणमा ‘चोर्नुको पनि हद हुन्छ नि कृष्णजी’ शीर्षकमा छापिएको थियो ।
हेर्नुहोस् यसअघि छापिएको समाचार ।
अविरलले आफ्नो फेसबुकमार्फत यस्तो सूचना जारी गरेका छन्, ‘साथीहरुसंग गुहार !
विषपुरुष उपन्यासको मौलिक आवरण तस्वीरका लागि नेपालका चर्चित मोडलिग फोटोग्राफर दाजु राजभाइ सुवाललाई आग्रह गरेको तर खोजेजस्तो पुरुष मोडल कोही फेला परेनन् । पांच दिनदेखि काम अड्किएको अड्कियै छ । लौन कोही इच्छुक भए म्यासेज बक्समा भए पनि सुटुक्क खबर पाउं ।’
जे होस् अविरलले यो भने राम्रै काम गरेका छन् । नेपाली मोडेललाई नै आफ्नो उपन्यासको कलेबरमा राख्ने जुन जमर्को गरेका यसलाई स्वागत योग्य मान्न सकिन्छ । तर, यसअघि उनले पुस्तकको कभरमा एक जोडी समुद्रकिनारमा प्रेमलापमा मस्त भएको तस्वीर राखेका थिए ।
सायद लेखक अविरलले यसपटक यो उपन्यासमा पुरुष मोडेलको तस्वीर मात्रै राख्ने हुन् वा जोडी राख्ने भए महिला मोडेल पाइसकेका हुन् । यसमा भने उनी मौन देखिन्छन् । जे होस् उनको अग्रिम सफलताको कामना ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.