चलचित्र निर्माता सघंको अध्यक्षमा पुन: राई
काठमाडौं/ नेपाल चलचित्र निर्माता सघंको अध्यक्षमा निर्माता राजकुमार राई दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
हिजो (२२ बैसाख, शनिबार) भएको निर्माता सघंको १२औँ साधारणसभामा प्रतिद्वन्द्वी अशोक शर्मालाई ३८ मतको अन्तरले हराउँदै राई अध्यक्ष भएका हुन् । २४१ सदस्य निर्माताबाट २११ जना मात्र निर्वाचनमा सहभागी भएका थिए । राईको पक्षमा १२४ र शर्माको पक्षमा ८६ मत खसेको थियो ।
त्यस्तै संघको महासचिवमा शर्मा प्यानलका केशव भट्टराई विजयी भएका भने सचिवमा छवि ओझाले सुशील पोखरेललाई हराउँदै निर्वाचित भएका छन् ।
संघका उपाध्यक्ष्मा सरोज थापा (रोज राणा) र उदय सुब्बा तथा कोषाध्यक्षमा प्रज्ञा जोशी यसअघि नै निर्विरोध भइसकेका छन् । सदस्यहरूमा कविता श्रेष्ठ, सुनिल मानन्धर, विरेन श्रेष्ठ, माधव वाग्ले, जेनी कुवार, दिनेश पाख्रिन, गोविन्द शाही, डिक खड्का र करण क्रेजी विजयी भएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.