नेपालले विश्वकपको छनोट खेल्न पाउने
काठमाडौं/ नेपालले आइसिसी वर्ल्डकपको छनोट खेल्न पाउने भएको छ । आइसिसी डिभिजन–३ को अन्तिम दुईमा स्थान सुरक्षित हुँदै नेपालले सन् २०१५ मा हुने विश्वकप क्रिकेटको छनोट खेल्न पाउने भएको हो ।
गएराति (२२ बैसाख)भएको खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गर्दै रन रेटमा सुधार गरेको थियो । नेपालले जितेर मात्रै केही नहुने भए पनि अर्को खेलमा अमेरिका घरेलु टोली बर्मुडासँग ५ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट खेल्ने बाटो खुलेको हो ।
समान ६ अंक जोडेका नेपाल, अमेरिका र बर्मुडा रनरेटका आधारमा क्रमश: दोस्रोदेखि चौथौ स्थानमा रहेका छन् । तेस्रो र चौथौ स्थानमा रहेका अमेरिका र बर्मुडा डिभिजन–३ मै रोकिएका छन् । इटली र ओमान भने डिभिजन–४ मा झरेका छन् ।
युगान्डा ८ अंकसहित यसअघि नै डिभिजन–२ मा उक्लिएको थियो । नेपालले आज अन्तिम खेलमा युगान्डासँग भिड्ने भएको छ । नेपाली समयअनुसार राति सवा ७ बजेबाट सुरु हुने खेलमा नेपाल र युगान्डाबीचबाट विजेता र उप–विजेता टुंगो लाग्नेछ ।
गएराति भएको खेलमा नेपालले टस जितेर इटलीलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको इटलीलाई नेपाली बलरहरूले कसिलो बलिङ गर्दै १२७ रनमा रोकेका थिए । निर्धारित ५० ओभर खेलेको इटलीले ९ विकेट गुमाएको थियो ।
इटलीलाई रोक्ने क्रममा सन्जम रेग्मी र राहुल विश्वकर्माले समान ३ विकेट लिएका थिए । यसैगरी शक्ति गौचनले २ तथा वसन्त रेग्मीले १ विकेट लिए । इटलीले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १४ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै विजयी भएको थियो ।

नेपाललाई जिताउन प्रदीप ऐरी र उप–कप्तान ज्ञानेन्द्र मल्लले आउट नभई क्रमश: ४२ र ८ रन बनाएका थिए । यसैगरी सुवास खकुरेल र कप्तान पारस खड्काले ४७ र २२ रन जोडेका थिए ।
अन्तिम दुईमा पर्दै डिभिजन–२ मा नेपाल उक्लन सफल भए पनि आजको खेलले मात्रै डिभिजन–२ को विजेता र उप–विजेता टुंग्गो लाग्नेछ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.