इलाका प्रशासनको सेवा ठप्प, सेवाग्राहीलाई सास्ती
हिमालीयुवा डेक्सबागलुङ, भदौ २२/दुइ सातादेखि जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङ इलाका प्रशासन कार्यालय प्रमुख विहिन भएपछि सम्पू्र्ण सेवा ठप्प भएको छ । सेवा नपाउँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
इलाका प्रशासनका प्रमुख रत्नाखर शर्मा सरुवा भएर जिल्ला प्रशासन कार्यालय बागलुङमा गएपछि सेवा बन्द भएको हो । जिल्लाको क्षेत्र नम्बर- ३ का २० गाविसका बासिन्दाहरूलाई सेवा प्रदान गर्न इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।
इलाका प्रशासनमा काम नभएपछि नागरिकता, सिफारिसलगायत दैनिक प्रशासनिक काम गर्नको लागि सर्वसाधारण हजारौँ रुपैयाँ खर्चेर सदरमुकाम जानुपर्ने समस्या रहेको छ । एक शाखा अधिकृत, एक नायब सुव्बा, एक सह-लेखापाल र दुइजना कार्यालय सहयोगीको कार्यालयमा दरबन्दी रहेको छ ।
शाखा अधिकृत र सह-लेखापालको दरबन्दी रहे पनि अहिलेसम्म मन्त्रालयले ती पदमा कर्मचारी खटाउन सकिएको छैन । कर्मचारी खटाउने विषयमा मन्त्रालयमा पहल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी डोलराज ढकालको भनाई रहेको छ । (नेस्वससेको सहयोगमा)

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.