कर्मचारी जनताको काम गर : प्रधानमन्त्री

काठमाडौँ, भदौ २२/प्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टचार र ढिलासुस्ति नगरी जनताको काम गर्न निजामति कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
निजामति कर्मचारी स्थायी सरकारको रुपमा रहेकाले जनताको चाहना बमोजिम कार्य गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए । निजामति कर्मचारी दिवसको अवसरमा सामान्य प्रशासन मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् ।
उनले अहिले मुलुक सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेकाले सरकार र निजामति प्रशासनले आ-आफ्ना सीमा र सबल पक्षको पहिचान गरी समन्वयात्मक रुपमा काम गरेमात्र मुलुकलाई सहि दिशा दिन सकिने बताए ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.