पछिल्ला सामग्री :
असल शासनकर्मीको पहलमा घुस फिर्ता

हिमालीयुवा डेक्सबाँके, पुस २२/नेपाल सरकारको तर्फबाट नयाँ नापी गर्न फिल्ड गएका २ नं नापी गोश्वारका अमिन महेन्द्र चौधरीले लिएको घुस असल शासनकर्मीको पहलमा फिर्ता भएको छ ।

अमिन चौधरीले कम्दी बाँकेका चोखबहादुर बिकबाट घुस बापत लिएको १ सय ६० रुपैयाँ घुस असल शासनकर्मीको पहलमा फिर्ता भएको हो । गत शुक्रबार काम गरे बापत पैसा लाग्ने भन्दै रकम मागेका उनले सोमबार बागेश्वरी असल शासन क्लब बाँकेका निर्देशक नमस्कार शाह र केन्द्रीय सदस्य माधुरी बिकको पहलमा कार्यालय प्रमुखको रोहवरमा घुस पीडितलाई फिर्ता गरिएकोछ । घुस फिर्ता गर्दै चौधरिले अब आइन्दा त्यस्तो काम नगर्ने बताएका थिए ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.