विश्व ब्याङ्ककको काममा भ्रष्टाचार
नेस्वससेको सहयोगमाहेटौँडा, माघ १५/मकवानपुरको हटिया-हर्नामाडी ग्रामीण सडक निर्माणमा व्यापक भ्रष्टाचार भएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
स्थानीय बासिन्दाले सडक निर्माणमा सङ्लग्न जिविसका कर्मचारी र ठेकेदारको मिलेमतोमा व्यापक अनियमितता गरी गुणस्तरीयहीन काम गरेको स्थानीय बासिन्दाहरूले पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाएका हुन् । उपभोक्ताहरूले ठेकेदार र जिल्ला विकास समिति मकवानपुरका केहि कर्मचारीहरूको मिलेमतोमा हटिया-हर्नामाडी सडकखण्डमा भ्रष्टाचार भएकाले छानविन गर्नुपर्ने माग गरेका छन् ।
पत्रकार सम्मेलनमा दातृ संस्था विश्व ब्याङ्कको १ करोड ७२ लाख ७४ हजार आर्थिक सहयोगमा निर्माण भएको हटिया-हर्नामाडी सडकखण्डमा भ्रष्टाचार भएको विश्व ब्याङ्क ग्रामीण पहुँच सुधार तथा विकेन्द्रिकरण परियोजनाका परामर्शदाताका इञ्जिनियर सन्तोषकुमार पोखरेलले नै सो सडक निर्माणमा व्यापक अनियमितता भएको खुलासा गरेका थिए । उनले स्थानीय उपभोक्ता समितिलाई थाहा नै नदिई ठेकेदार कम्पनी एमके निर्माण सेवा तथा महादेव खिम्ती संयुक्त र जिविस कर्मचारीले फर्जी बिल भुक्तानीका लागि सिफारिस गरिदिन दवाव दिएको र भ्रष्टचार भएको बिल सिफारिस नगर्ने भनेपछि आफुलाई धम्की दिएको पत्रकार सम्मेलनमा बताएका थिए ।
२०६५ असोजमा निर्माण सम्पन्न भएको सडक र सडकको ढल अहिले नै भत्कि सकेकोले भ्रष्टाचारको उच्चस्तरीय छाबिन हुनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । परामर्शदाता इञ्जिनियर पोखरेलले हटिया-हर्नामाडी सडकमात्र नभई विश्व ब्याङ्कको आर्थिक सहयोगमा सञ्चालित पदमपोखरी, हुमानेभञ्ज्याङ सडकखण्डमा पनि भ्रष्टाचार भएको दावी गरे । तर जिविसका कर्मचारीहरूले यसको प्रतिवाद गरेका छन् । उनीहरूले परियोजनामा कुनै भ्रष्टाचार नभएको बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.