भ्रष्टाचार छानविनका लागि मुद्दा दायर
नेस्वससेको सहयोगमानुवाकोट, माघ २०/जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय नुवाकोटका कर्मचारीहरूले लाखौँको भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा छानविनका लागि मुद्दा दायर भएको छ ।
नुवाकोटको बुधसिंङ गाविसको भन्ज्याङखर्कमा पहिरो नगएको ठाउँमा पहिरो गएको जनाउदै कर्मचारीले कार्यालयबाट रकम निकासा गरेको दायर मुद्दामा उल्लेख गरिएको छ । जलउत्पन्न कार्यालय नुवाकोटका लेखापाल रामकृष्ण अधिकारीले आर्थिक अनियमितता गरेको भन्दै नुवाकोट दाङसिंङ गाविसका कृष्ण अधिकारीले जिल्ला प्रशासन कार्यलयमा मुद्दा दर्ता गराएका हुन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.