अनियमितता छानविन गर्न लोहनीको संयोजकत्वमा उपसमिति गठन
नेस्वससेको सहयोगमाकाठमाडौँ, माघ १९/सार्वजनिक लेखा समितिको आज बसेको बैठकले
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनामा अनियमितता भएको विषयमा छानविन गर्न प्रकासचन्द्र लोहनीको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ ।
उपसमितिलाई एक महिना भित्र प्रतिवेदन बुझाउने समय दिइएको छ । सतितिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयले गरेको पुनर्स्थापना र खर्चको विवरण समितिको बैठकमा बुझाउन पनि निर्देशन दिएको छ । आर्थिक चन्दा वितरण गरेको विषयमा मन्त्रिपरिषद्, गृह र स्वास्थ्य मन्त्रालयलाई सातदिन भित्र जानकारी गराउन पनि बैठकले निर्देशन दिएको छ ।
त्यसैगरी समितिले दूरसञ्चार कम्पनीले दिएको इजाजत र सेवाको बारेमा जानकारी गराउन पनि निर्देशन दिएको छ । सार्वजनिक संस्थानका गाडी दुरूपयोग भएको ठहर गर्दै समितिले सम्बन्धित मन्त्रालयलाई कुन गाडी कहाँ पठाइएको हो पाँचदिन भित्र जानकारी गराउन निर्देशन दिएको छ ।
बैठकमा जलस्रोत मन्त्री विष्णु् पौडेल उपस्थित नभएकोमा खेद व्यक्त गर्दै बैठकले अव यस्तो स्थिति नदोहोर्याउनका लागि ध्यानाकर्षण गराएको छ । जलस्रोत मन्त्री विदेश भ्रमणमा रहेकाले बैठकमा उपस्थित हुन सकेका थिएनन् । यस अघि दुइवटा बैठकमा उपस्थित नभएका चारवटा सार्वजनिक संस्थानका प्रमुखलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.