सभागृहको हालत जीर्ण, अवस्था बेहाल
नमस्कार शाहबाँके, चैत ५/नेपालगञ्ज नगरपालिकाको एक मात्र सभागृह 'नगर भवन' को हालत जीर्ण भएको छ भने अवस्था बेहाल भएको छ ।
वर्तमान अवस्थामा नगरभवन घोडाको तबेला जस्तै भएको छ । सरसफाइको अवस्था यस्तो छ कि मानिसहरू बस्दा नाक थुनेर बस्नुपर्ने अवस्था रहेको छ । भवनको भित्ता भरि माकुराको जालो छ । यसो माथि हेर्यो, प्वालै, प्वाल अर्थात् टुटेफुटेका प्लाइउड देखिन्छ । यहि पृष्ठभुमिमा रहेर अधिकारवालाहरू भाषण चुटिरहेका हुन्छन्, देश विकासको । एउटा नगरभवन मर्मत गर्न नसक्नेहरूका यी आदर्शवादी भाषणहरूलाई सहभागीहरूले खोक्रा भाषणको संज्ञा दिने गरेका छन् ।
त्यो हलमा दिनहुँ कार्यक्रम हुने गर्दछ । पायक पर्ने ठाउँमा हल हुनु र महसुल पनि सस्तो हुनुले यो बढि प्रयोगमा आइरहन्छ । तर भनिन्छ, सस्तो बेसाहाले पेट लगाउँछ, कार्यक्रम सुरुवात गर्ने बित्तिकै आयोजकलाई यस्तै कुराको महसुस हुने गर्दछ, त्यहाँ हुने फोहरको डङ्गुर हल मर्मतको अभावमा हुने आवाज प्रतिध्वनि ले ।
त्यहाँ विभिन्न राजनीतिक दल, सङ्घसंस्थाका कार्यक्रम हुने गर्दछन् । देश हाँक्ने नेताहरू र विशिष्ट व्यक्तिहरू त्यहि हलमा हुने कार्यक्रममा पटक-पटक प्रमुख अतिथि भएर दोहोरिएर आउँछन् । चर्को भाषण गर्छन् तर उनीहरूको ध्यान त्यो दूर्दशा युक्त नगरभवनमा जाँदैन । भवनमा एक मात्र शौचालय रहेको छ, त्यो पनि पछाडि पट्टि रहेको भवनमा, भवनकै दूर्दशा त त्यस्तो छ भने शौचालयको हालत के होला - सहजै अनुमान गर्न सकिन्छ । बसि नसक्नुको फोहोरले सो शौचालयको प्रयोग कम मात्रामा हुने गर्दछ । त्यतिमात्र होइन नजिकैको सार्वजनिक शौचालयमा रकम तिरेर पनि जान विवश हुन्छन् । दुइ सयजना मान्छे अट्ने क्षमता भएको सो हलका ५० वटा भन्दा बढि कुर्सीहरू क्षत्रि्रस्त भएको त्यहाँ कार्यरत कर्मचारी रञ्जित श्रेष्ठ बताउँछन् । उनी भन्छन्- 'कार्यक्रम हुँदा मात्र सरसफाई हुनेगर्दछ नगर भवनमा ।'
तर कार्यक्रम हुँदा पनि फोहोर हुने गरेको बताउँछन् कार्यक्रमका आयोजकहरू । कार्यक्रम गरे बापत नेपालगञ्ज नगरपालिकाले भाडा लिन्छ, सात सयका दरले यसरी रकम जम्मा त हुन्छ तर सरसफाई किन हुदैन यसबारेमा नेपालगञ्ज नगरपालिका प्रमुख भरत शर्मा भन्छन्- 'यो पटक-पटक छलफलको विषय बनेको छ, यसका लागि प्रविधिक पनि खटाइएको हो । तर प्राविधिकले मर्मत हैन, पुनर्निर्माण नैं गर्नु पर्ने राय पेश गरेपछि त्यो कार्य स्थगित भएको छ ।'

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.