कर्मचारी नहुँदा कार्यालयको काम प्रभावित
नेस्वससेको सहयोगमा
वीरगन्ज, चैत ९/जिल्ला शिक्षा कार्यालय रौतहटमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कार्यालयको काम प्रभावित भएको छ । ३२ जना दरबन्दी रहेको सो कार्यालयमा हाल दुइजना पियनसहित ६ जना मात्रै कर्मचारी रहेका छन् । जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरीक्षक ५, लेखापाल ३, प्राविधिक सहायक ७, खरदार ३, कम्प्युटर अपरेटर, पियन, चालकलगायत ३२ जनाको दरबन्दी रहेको छ ।
दरबन्दी बमोजिमको कर्मचारी तथा विद्यालय निरीक्षक नहुँदा कार्यालयको काममा मात्र व्यस्त रहनुपर्ने अवस्थाले गर्दा विद्यालयको अनुगमन, निरीक्षण तथा शिक्षकहरूको सरुवाबढुवा सम्बन्धी सम्पूर्ण कामसमेत रोकिएको जिल्ला शिक्षा अधिकारी अब्दुल रउफ खाँले बताए ।
तराइ आन्दोलनका समयमा असुरक्षित ठानेर कर्मचारीहरूले काज तथा सरुवा मिलाई अन्यत्र गएकाले कर्मचारीको कमि भएको जिशिअ खाँले बताए । कार्यालयका कर्मचारीहरू सरुवा भई आउन नमानेकाले एक वर्ष बितिसक्दा पनि कर्मचारी पूर्ति हुन नसकेका कारण प्रशासनिकलगायतका काम प्रभावित बनेको जिल्ला शिक्षा अधिकारी खाँले बताए । रौतहटमा सामुदायिक र संस्थागत गरी ५४ वटा माध्यमिक विद्यालय ७९ वटा निम्न माध्यमिक विद्यालय र सामुदायिक विद्यालयअर्न्तर्गत २ सय ५३ वटा प्राथमिक पिद्यालय रहेका छन् । कर्मचारीहरू कमी रहेकाले नजिकिँदै गरेको प्रवेशिका परीक्षासमेत प्रभावित हुने भएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.