रकम सकिए पनि साक्षरता अभियान प्रभावकारी भएन
हिमालीयुवा डेस्कइलाम, चैत १०/'अक्षर चिनौं सभ्य बनौं' भन्ने नाराका साथ सबैका लागि शिक्षाअन्तर्गत इलाममा सञ्चालित साक्षरता अभियान प्रभावकारी नभएको पाइएको छ । सन् २०१५ सम्ममा सबैलाई साक्षर गराउने उद्देश्यले इलाममा सञ्चालित अधिकांश प्रौढ कक्षाहरू प्रभावकारी नभएको पाइएको हो । पहिलो चरणमा गरिएको निरक्षरको लगत सङ्कलनको प्रतिवेदन बुझाउने समय सकिँदासमेत सो प्रतिवेदन नआएको जिल्ला स्तरीय साक्षरता समन्वय समितिले जनाएको छ ।
इलाममा २७ हजार भन्दा बढी निरक्षरलाई साक्षर गराउने उद्देश्यले गत माघ महिनादेखि साक्षरता अभियान सुरु गरिएको थियो । यता पहिलो चरणको अभियानका लागि विनियोजन गरिएको रकम भने प्रत्येक गाविसबाट निकासा भएसकेको जिल्ला विकास समिति इलामले जनाएको छ । जिल्लाका ४८ वटै गाविसका प्रत्येक वडामा गरी ४ सय ३७ स्थानमा सो अभियानका साक्षरता कक्षा सञ्चालन रहेको बताइएको छ ।
यता विभिन्न कारणले विद्यालय जान नसकेका १८ वर्ष उमेरदेखि ७० वर्ष उमेर समूहका महिलाहरूका लागि सञ्चालित कक्षामा बृद्ध महिलाहरूको सहभागिता कम रहेको छ भने महिलाहरूलाई पढ्नका लागि उपलब्ध गराइएका कापी, पेन्सिललगायतका सामाग्री कमसल किसिमका भएर काम नलागेको कक्षाका सहजकर्ताहरू बताउँछन् । यसैबीच इलाममा बसेको समन्वय समितिको बैठकले निरीक्षकहरूलाई सर्वेक्षणका लागि तत्काल झिकाउन निर्देशन दिने र ती कक्षाहरूको निरीक्षण गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी तथा समन्वय समितिका अध्यक्ष रामेश्वर दङ्गालले बताएका छन् ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.